साउदी अरेवियाको श्रम नीति तथा अवस्थाका बारेमा तपाईले यहाँ जानकारी पाउन सक्नुहुन्छ यी जानकारीको आधारमा तथा अन्य श्रोतहरुका अनुसार साउदी अरेवियामा रोजगारीका लागि जान चाहनेहरुलाई निम्न सुझावहरु दिन सकिन्छः

  • साउदी अरेवियाको श्रम मन्त्रालय तथा आन्तरिक मन्त्रालयको पूर्व अनुमति विना साउदी अरेवियाको यात्रा नगर्नुहोस्
  • साउदी अरेवियाको नागरिक वा अन्तराष्ट्रिय कम्पनीको आधिकारिक स्पोन्सरसीप प्राप्त नगरी साउदी अरवको यात्रा नगर्नुहोस्  
  • मान्यताप्राप्त वर्क परमिट नभई साउदी अरेवियाको यात्रा नगर्नुहोस् 
  • रोजगारीका लागि उड्नु अघि साउदी अरेवियाको कुनै पनि कम्पनीलाई कुनै भर्ना शुल्क नतिर्नुहोस् 
  • तोकिएका काम कम्पनीहरुमा महिलाले काम गर्न पाउँदैनन, सचेत रहनुहोस्
  • लिखित(अरवी भाषामा) गरिने रोजगार करार जसमा तपाईको रोजगारीको अवधि लगायतको विषय लेखिएको हुन्छ, त्यसमा सम्झौता गर्नुहोस्
  • एक हप्तामा अधिकतम काम गर्नुपर्ने समय अतिरिक्त समय सहित ६० घण्टा हो तर केहि अपवादहरु भनें छन्   
  • शुक्रवार सवै कामदारका लागि साप्ताहिक रुपमा आराम गर्ने दिन(छुट्टी) हो
  • साउदी अरेवियामा न्यूनतम वेतनको व्यवस्था छैन

परराष्ट्र मन्त्रालय  भिषा सम्वन्धि व्यवस्था, वर्क परमिट तथा आवासिय भिषा लगायतको विषयमा जिम्मेवार निकाय हो

अर्धदक्ष तथा न्यूनदक्ष कामदारहरुलाई लक्षित गर्दै तयार पारिएका निर्देशनहरु दुर्लभ नै छन्, अझ त्यो पनि अंग्रेजी भाषामा साउदी अरेवियामा रहेका पाकिस्तानी प्रवासी श्रमिक(आप्रवासी कामदार) का लागि तयार पारिएको आइएलओ निर्देशिका तथा साउदी अरेविया स्थीत भारतीय वाणिज्यदूतको कार्यालयद्धारा भारतीय श्रमिकका लागि तयार पारिएको गाइड अर्धदक्ष तथा न्यूनदक्ष श्रमिकलाई लक्षित गरेर तयार पारिएको सामग्री हुन् जसमा वैदेशिक रोजगारीका लागि जानुपूर्व तथा रोजगारीका क्रममा साउदी अरेवियामा रहँदा उपयोगि जानकारीहरु जसमा सान्दर्भिक कानून, नियमहरु, सम्भावित जोखिम तथा समस्यामा परेमा सम्पर्क गर्ने नम्वरहरु समेटिएको   

यसैगरी फिलिपिनो ओभरसिज वर्कर्स(ओएफडव्लु) का लागि पनि लक्षित निर्देशिका उपलव्ध जसमा अन्य कुरासँगै कफला प्रणालीका बारेमा गाइड, साउदी अरवमा रोजगारीका लागि जाने फिलिपिनो कामदारका लागि सामान्य जानकारी सहितको गाइड तथा अवैधानिक एजेन्सीहरुका बारेमा सुझाव दिन्छ