Recruitment Advisor वैदेशिक रोजगारीको खोजी गरिरहेकाहरुका लागि एजेन्सी (मेनपावर कम्पनी) हरु तथा श्रमिक अधिकारका बारेमा जानकारी हासिल गर्ने थलो (मञ्च) हो । Recruitment Advisor विभिन्न मुलुकका सरोकारवाला संस्थाहरुले साझा प्रयासमा तयार पारेका हुन् । यसको समन्वय समुह चारवटा मुलुकहरु (हाल नेपाल, फिलिपिन्स, ईण्डोनेसिया तथा मलेसिया) मा रहेका छन् । ति समुहहरुले अन्य धेरै संस्थाहरुसँग समन्वय गरेर बढी भन्दा बढी श्रमिकहरुसम्म पुग्ने र अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को General Principles and Operational Guidelines for Fair Recruitment मा आधारित रहेर जनचेतना वृद्धि गर्ने कार्य गर्दै आएका छन् । यसैगरी श्रमिकहरुलाई recruitmentadvisor.org मार्फत बैदेशिक रोजगारीको रोजगार प्रकृयाका बारेमा बढीभन्दा बढी व्यक्तिलाई जानकारी दिने काम गर्दै आएका छन् । Recruitment Advisor मा तपाईले :

१. श्रमिकको समिक्षाका आधारमा तयार पारिएको एजेन्सी (मेनपावर कम्पनी) हरुको रेटिङ (स्तरमापन) हेर्नुहोस् ।

२. तपाई जुन मुलुकमा रोजगारीका लागि जाँदै हुनुहुन्छ त्यहाँ तपाईले प्राप्त गर्ने अधिकारका बारेमा जानकारी लिनुहोस् ।

३. तपाईको अधिकार हनन् भएमा सहायताका लागि मद्धत माग्नुहोस् ।   

हाम्रो तर्फबाट तपाईलाई मर्यादित रोजगारीको शुभकामना ।

तपाईले के कुरा थाहा पाउन आवश्यक छ

श्रमिकहरुको कथा

भर्ती प्रक्रियामा आप्रवासी श्रमिकहरुकोअधिकार उल्लंघनको घटनाहरु यहाँ पढ्नुहोस्

थप जानकारी

निष्पक्ष भर्ती

(आइएलओ) को General Principles and Operational Guidelines for Fair Recruitment 

थप जानकारी

संलग्न संस्थाहरु

Recruitment Advisor विभिन्न मुलुकका सरोकारवाला संस्थाहरुले साझा प्रयासमा तयार पारेका हुन्

थप जानकारी

तपाईलाई के थाहा हुनुपर्छ

विदेशमा हुनुहुन्छ भनें यूनियनसँग जोडिनुहोस्, आफ्नो अधिकारका बारेमा सचेत हुनुहोस्

मेरो जन्म पूर्वी पहाडी जिल्ला पाँचथरमा भएको हो । सन् २०१३ मा उच्च शिक्षाको लागि धरान झरेको थिएँ । लाहुरे बन्ने ईच्छा भए पनि त्यो सफल भएन ।

कथा पढ्नुहोस्

परदेशको रोजगारी: अवसर पनि र चुनौति पनि

जिफन्टले आइटीयूसीसँगको साझेदारीमा सञ्चालन गरेको रिक्रुटमेण्ट एडभाइजर कार्यक्रम अन्तर्गत आयोजना गरेको प्रतियोगितामा दोश्रो पुरस्कार प्राप्त गर्न सफल लेख

कथा पढ्नुहोस्

वैदेशिक रोजगारीमा मेरो अनुभव

मानसिक रुपमा आफुलाई तयार पार्नुपर्छ । 

कथा पढ्नुहोस्