अपडेट १ 17-०6-२०२०: आफ्ना अधिकारहरू जान्नुहोस्, कतारमा घरेलु कामदारहरूको लागि नयाँ पुस्तिका अब उपलब्ध । स्रोत: ADLSA मन्त्रालय

सरकारले सञ्चालन गरेको अनलाइन हुकुमीले कतारको सामाजिक, आर्थिक संरचना, नियम, कानून, रितिरिवाजका साथै रोजगारी सम्वन्धि जानकारी अंग्रेजी अरवी भाषामा उपलव्ध गराउँदछ यसका अलावा हुकुमी फर माइग्रेण्ट वर्कर्स ले कतार रहेका आप्रवासी कामदारलाई लक्षित गर्दै अंग्रेजी, अरवी, हिन्दी, नेपाली तथा फिलिपिनो भाषामा सुचना उपलव्ध गराउँदछ सेवा दिन्छ कतारमा भर्खरै आएकाहरुका लागि बी स्मार्ट बी सेफ अर्को महत्वपुर्ण जानकारी हासिल गर्ने थलो हो यसबाट दैनीक जीवनमा काम लाग्ने जानकारी जस्तै स्वास्थ्य सुरक्षामा उपयोगी जानकारी प्राप्त हुन्छ यसैगरी तपाईले युजफूल कन्ट्याक्ट पोइन्ट्स बाट कुनै आपतकालिन समयका लागि जानकारी, कतारमा रहेका  दूतावासहरुको सूची पाउन सक्नुहुन्छ तपाईले गाइडलाइन फर न्यू माईग्रेण्ट वर्कर्स पनि वेभसाइटमा पाउन सक्नुहुन्छ       

यो निर्देशिका तथा उपलव्ध सन्दर्भ सामग्रीका आधारमा आप्रवासी कामदारका लागि निम्न सुझावहरु उपयोगि हुन सक्दछन्ः

  • वैधानिक स्पोन्सर नपाएसम्म कतारका काम गर्न नजानुहोस्
  • तपाईको राहदानी(पासपोर्ट) तथा अन्य महत्वपुर्ण कागजात स्पोन्सरलाई लैजान नदिनुहोस्
  • काम सुरु गर्दा तीनवटा रोजगार करार सम्झौता गराइन्छ जुन श्रम सम्वन्ध विधागबाट स्वीकृत गरिएको हुन्छ तपाईसँग त्यसको एउटा सक्कल प्रति  सुरक्षित राख्नुहोस्
  • एउटै रोजगारदाताको तीन महिनासम्म काम गरिसकेपछि तपाईले तलवी विरामी विदा पाउने अधिकार हुन्छ
  • एक बर्षसम्म एउटै रोजगारदाताकोमा काम गरिसकेपछि तपाईले कम्तीमा तीन हप्ताको तलवी बार्षिक विदा पाउने अधिकार हुन्छ
  • सामान्यतया दिनमा घण्टा काम गर्ने समय हो त्यसभन्दा बढी समय काम लगाइएमा तपाईलाई त्यसवापत अतिरिक्त रकम दिनु पर्दछ दिनमा दुई घण्टाभन्दा बढी अतिरिक्त समय काम लगाउन पाइन्न
  • सिफ्टमा काम गर्नेहरुलाई बाहेक शुक्रवार साप्ताहिक विदाको दिन हो

यो छोटो भिडियो  ले तपाईलाई कतारमा तपाईको अधिकार तथा दायित्वका बारेमा जानकारी दिन्छ

सामान्य निर्देशिकाहरु बाहेक विभिन्न समुह लक्षित श्रोतहरु उपलव्ध छन् उदाहरणका लागि आइएलओको निर्देशिका भारतीय कामदारका लागि (अंग्रेजी, हिन्दी तथा तेलगु), नेपाली कामदारका लागि (अंग्रेजी, नेपाली) तथा बंगलादेशी कामदार का लागि यो न्यून तथा अर्ध दक्ष आप्रवासी कामदारलाई लक्षित गर्दै तयार पारिएको जसमा सुरक्षा, शोषण तथा दुव्र्यवहारबाट कसरी बच्ने भन्नेमा केन्द्रीत यसका साथै कतार ओएफडव्लु वेभसाईटमा फिलिपिन्सका कामदारहरुलाई लक्षित गर्दै कतारमा बस्दा, काम गर्दाका लागि आवश्यक जानकारी समेटिएको कतार काउन्सील फर हेल्थकेयर प्राक्टिस्नर्सले दन्तरोग विशेषज्ञ तथा फिजिसियन को निर्देशिका प्रकाशित गरेको