आइएलओको सन् २०१५ को रिपोर्ट  अनुसार कतारमा चलिरहेका बृहतस्तरका निर्माण योजनाका न्यून दक्षतायुक्त कामदारको ठूलो माग कतारमा कार्यरत ६० प्रतिशत भन्दा धेरै कामदारले माध्यमिक तहको शिक्षा पुरा गरेका हुन्नन्

अन्य खाडी राष्ट्रको तुलनामा कतारमा कामदार भर्ना उद्यम फष्टाएको  कानूनका वावजूद, कामदारले तिर्ने भर्ना शुल्क अनियन्त्रीत बढ्दो अनियन्त्रीत भर्ना शुल्कले शोषण लगायत अन्य गैरकानूनी काम गर्ने अवशर सिर्जना भएको   

सन् १९९० तथा सन् २००० को प्रारम्भमा कतार तथा अन्य खाडी मुलुकमा आउने आप्रवासी कामदार मध्ये बहुसंख्यक अन्य अरव मुलुकबाट आउने गर्दथे तर हालका दिनहरुमा एसियाली मुलुकबाट आउने कामदारहरुबढी ईमान्दार’ ‘कम शुल्क पर्नेतथा  ‘व्यवस्थापन गर्न सजिलाभएका छन् एसियाली कामदारको बढ्दो मागको कारण उनीहरु सामान्यतया परिवार(श्रीमान् वा श्रीमति) विना नै आउन तयार हुनु पनि हो अरवी नागरिकहरु भनें परिवार नै लिएर कतारमा स्थायी रुपमा बसोवासको चाहना लिएर आउने गर्दछन् एसयाली देशका कामदारहरु प्रतिको दृष्टिकोणका कारण उनीहरुले कुन क्षेत्रको काम पाउने भन्ने देखिएको उदाहरणका लागि फिलिपिन्सका नागरिकको अंग्रेजी भाषा राम्रो हुने तथा राम्रो तालिम दिने संस्थामा तालिम लिएर आउँछन् भन्ने धारणाका कारण उनीहरुले प्रशासकिय क्षेत्रको रोजगारी उनीहरुलाई दिईन्छ यसैगरी पाकिस्तानीहरु राम्रो चालक हुन्छन् भन्ने मान्यताका कारण उनीहरुले सोही क्षेत्रको रोजगारी पाउँछन् भारतीयहरुले सीपयुक्त काम पाउँछन् भनें ईथोपियाली, भियतनामी तथा कम्वोडियनहरु न्यून वेतनमा पनि काम गर्छन् भन्ने मान्यता राखिन्छ     

कतार सहित खाडी मुलुकमा आप्रवासी कामदारको भर्ना प्रकृया कफाला(स्पोन्सरसीप पद्धती)बाट निर्देशित हुन्छ यसमा हरेक कामदारका लागि अनुमोदित स्पोन्सर आवश्यक हुन्छ यद्यपी कतारको कानून अनुसार कसैको राहदानी(पासपोर्ट) बाध्य बनाएर उसँगबाट लिन पाइन्न तरपनि कतिपय स्पोन्सरले कामदारसँग पासपोर्ट लिएर राख्ने गर्दछन् आइएलओको रिपोर्टले सन् २०१३ को एउटा अध्ययनले उधृत गरेको जहाँ ९० प्रतिशत न्यून वेतन प्राप्त गर्ने कामदारको पासपोर्ट त्यसरी नै बाध्य पारेर स्पोन्सरले कव्जा गरेको उल्लेख यसले स्वतन्त्रतापूर्वक हिंड्डुल गर्न पाउने अधिकारमा बाधा खडा गर्दछ भनें आप्रवासी कामदारमाथि कुनै कारणविनाको अधिकार स्पोन्सरलाई प्राप्त हुन्छ शोषणका विविध प्रकारसँगै कफालाको नकारात्मक प्रभाव भनेको न्यून दक्षता भएका कामदार विशेष गरी महिलाललाई समस्यामा पार्दछ

कफाला प्रणालीको गैरसरकारी तथा गैरनाफामुखि संघसंस्थाले तिव्र विरोध गर्दछन् कतार फाउण्डेसनको पछिल्लो रिपोर्टले मुख्य गरी सन् २०२२ को विश्वकप फुटवल प्रतियोगिताका लागि चलिरहेका निर्माण परियोजनामा कामदारका लागि प्रदान गरिनुपर्ने सुविधा तथा कार्यथलोको अवस्थाका बारेमा आउटलाईन समेटेको  सन् २०१४ को एक रिपोर्ट३ मा फाउण्डेसनले भर्ना प्रकृयामा रहेका थुप्रै समस्यालाई उजागर गरेको प्रथम माथि प्रस्तुत श्रम सम्झौताहरु कामदार आपूर्ति, भर्ना प्रकृया तथा ईथिकल अभ्यासमा केन्द्रति छन् दोश्रो, माथि भनिए अनुरुप आप्रवासी कामदारहरुले भर्ना प्रकृयामा उल्लेख्य मात्रामा रकम तिर्न बाध्य हुनुपर्दछ, कतिपयले हजार अमेरिकी डलर( लाखको हाराहारी) सम्म तेश्रो, ठेकेदारहरुले कामदारलाई सिधै नभई कामदार सप्लाई गर्ने कम्पनीहरुलाई वेतन लगायतको भुक्तानी गर्न सक्दछन् जसले भर्ना तथा वेतन भुक्तानीलाई अपारदर्शी बनाउँदछ अन्त्यमा कुनै सम्झौता गरिएको भएमा पनि कामदारबाट लुकाईन्छ जसका कारण सुरुमा भनिए अनुसारको तलव, सुविधा नपाउने अवस्था हुन्छ रिपोर्टले कानून विपरित हुने भिषा कारोवार लगायतका विषयलाई पनि समेटेको          

तथापी कतार सरकारले हालै कफाला प्रणालीलाई हटाउन चरणको योजना सहितको नयाँ निर्देशन तथा प्रतिवद्धताहरु तयार पारेको जो निम्नानुसार रहेका छन्ः

  • सम्झौता पत्र परिवर्तन गरिने, उत्पत्तिको मुलुकमा गरिने सम्झौतापत्रलाई गन्तव्य मुलुकतर्फ प्रस्थान गरिसकेपछि च्यातेर फ्याँक्ने अन्य काम तथा सामान्यतया न्यून तलव हुने सम्झौतापत्रमा हस्ताक्षर गराइने प्रवृत्ति नियन्त्रण गर्नका लागि रोजगार सम्झौता पत्रलाई सरकारी निकायसँग जोडिनेछ
  • रोजगारदाताहरुले अव आफ्ना कामदारलाई स्वदेश फर्किन रोक्न पाउने छैनन
  • वर्णमा आधारित रहेर तलवमा गरिने विभेद अन्त्यका लागि न्यूनतम तलव आधारभूत रुपमा सवै श्रमिकले समान रुपमा प्राप्त गर्ने सुनिश्चित हुनेछ
  • पहिचान सम्वन्धि कागजात सिधै कतार सरकारद्धारा जारी गरिनेछ श्रमिकलाई आफ्नो परिचयपत्र प्राप्त गर्न आफ्नो रोजगारदातामा भर पर्नुपर्ने छैन जसले उनीहरुलाई उपचारबाट समेत वञ्चित हुनुपर्ने अवस्था आउने छैन  
  • श्रमिकले नै चयन गरेको प्रतिनिधि सहितको कामदार कमिटी हरेक कार्यथलोमा गठन हुनेछ
  • गुनासोको सुनुवाईका लागि एक विशेष कमिटी बनाइनेछ जसलाई निश्चित समयावधि भित्र त्यस्ता गुनासोहरु समाधान गर्ने दायित्व हुनेछ

थप जान्नुहोस् आईटीयू विश्वव्यापी अधिकार सूचकांकमा आधारित देशका श्रमिक अधिकारहरूको आदरको डिग्री यहाँ