,....................... का लागि यो लेख हेर्नुहोस्

आप्रवासी कामदारलाई सिंगापुरमा भर्ना प्रकृयामा आइपर्ने साझा समस्या तपाईको अधिकार दायित्वको जानकारी दिने १४ मिनेट लामो पूर्व प्रस्थान सम्वन्धि भिडियो यहाँ हेर्नुहोस् यो मन्डारिन, तमिल बंगाली भाषामा पनि उपलव्ध यो भिडियो सन् २०१४ मा जनशक्ति मन्त्रालय तथा आप्रवासी कामदार केन्द्रले जारी गरेको हो भिडियोका आधारमा, भर्ना प्रकृया तलवका बारेमा निम्न सुझाव दिइएको छः  

  • तपाईको आफ्नो देशमा हुँदा रोजगारीको भर्ना प्रकृयामा धेरै शुल्क नतिर्नुहोस्
  • सिंगापुरको जनशक्ति मन्त्रालयले जारी गरेको ईन प्रिन्सिपल एप्रुभल(आइपिए) पत्र तपाईको आफ्नै भाषामा सिंगापुरका लागि प्रस्थान गर्नुपुर्व नै तपाईले प्राप्त गरेको हुनु पर्दछ न्यूनतम भन्दा थोरै हुनेगरी मासिक तलव स्वीकार नगर्नुहोस्, यसैगरी आइपिएमा उल्लेख गरेभन्दा धेरै रकम बसोवासका लागि काट्न सहमति पनि नजनाउनुहोस्
  • सिंगापुरको कामदार भर्ना गर्ने कम्पनीलाई भर्ना शुल्क वापत प्रतिवर्ष एक महिनाको तलव भन्दा बढी शुल्क नतिर्नुहोस् एकपटकमा दुई बर्षको लागि दुई महिनाको तलव भन्दा धेरै रकम एकैपटक नतिर्नुहोस्
  • कामदार भर्ना गर्ने कम्पनीलाई तिरेको सम्पूर्ण रकमको भपाई लिनुहोस्
  • हरेक महिनाको अन्त्यमा तपाईको तलव दिइएकै हुनुपर्दछ
  • कुनै खाली भौचरमा हस्ताक्षर नगर्नुहोस् आफूले प्राप्त गरेको तलव भन्दा अन्य कुनै कुरामा हस्ताक्षर नगर्नुहोस्
  • अतिरिक्त समयमा काम गरेको, साप्ताहीक आरामको समय(विदा), सार्वजनिक विदामा काम गरेमा तपाईलाई अतिरिक्त रकम भुक्तान गर्नु पर्दछ
  • तपाईलाई पुरा तलव नदिई वा स्वास्थ्य खर्च लगायतको खर्च भुक्तान नगरी स्वदेश फर्काउन पाइन्न

आप्रवासी कामदारको भनाई रोजगारी सम्वन्धि नीति तथा सिंगापुरमा रहँदाको अवस्थामा यससम्वन्धि कुनै समस्या भएमा त्यसको समाधान गर्ने निकाय जनशक्ति मन्त्रालय(एमओएम) हो यसको वेभसाईमा एउटा ब्रोसर भेट्न सकिन्छ जहाँबाट आप्रवासी कामदारका लागि उपयोगि थप जानकारीहरु अंग्रेजी, मले, वंगाली तामिल, मन्डारियन थाई भाषामा प्राप्त गर्न सकिन्छ       

माईग्रेण्ट वर्कर्स सेण्टरले जनशक्ति मन्त्रालयसँगको समन्वयमा केवल सल्लाह, (कानूनी) सहयोग, कुनै समस्या परेमा आवासगृहको मात्र सहयोग गर्दैन आप्रवासी कामदारहरुको (सामाजिक) एकिकरणको कार्यक्रम गर्न पनि सहगोग गर्दछ यसैगरी सिंगापुरमा आप्रवासी कामदार भएर रहँदा कुनै समस्या परेमा सहयोग गर्न सक्ने अन्य संस्थाहरु हेल्थसर्भ टीडव्लुसीटु हुन्

उच्च दक्ष व्यक्तिहरु जे सिंगापुरमा रोजगारी गर्न चाहन्छन् उनीहरुले थप जानकारी यहाँ पाउन सक्छन्