,....................... का लागि यो लेख हेर्नुहोस्

हङकङ घरेलु कामदार वा तथाकथित सहयोगीका रुपमा रोजगारी गर्न जाने महिला आप्रवासी कामदारको प्रमुख गन्तव्य मुलुक हो। यस मुलुकमा मुख्यगरी फिलिपिन्स, ईण्डोनेसिया, थाईल्याण्ड, भारत, श्रीलंकाबाट आप्रवासी कामदार रोजगारीका लागि आउँदछन्।

हङकङमा कामदार भर्ना प्रकृयामा प्रत्यक्ष रुपमा ५ वटा साझा समस्याहरु द्येखिन्छन्, पहिलो बैदेशिक रोजगार व्यवसायीले उपलव्ध गराउने जानकारी गलत वा पुरानो हुने गरेको छ। यसका अलावा, तिनिहरुले आप्रवासी कामदारसँग अत्यधिक शुल्क उठाउने गर्दछन् जुन उनीहरुले प्राप्त गर्ने पहिलो महिनाको तलवको १० प्रतिशत भन्दा अत्यन्तै धेरै हुन्छ, ईग्नासियो तथा। तिनिहरुले गैरकानूनी रुपमा अन्य माध्यमबाट सो रकम उठाउँछन् वा व्यक्तिगत शुल्कका रुपमा अन्य उपाय प्रयोग गरेर असुल्छन् यो ऋणको बोझको कारण बन्न सक्दछ, बाध्यकारी श्रममा फस्ने र शोषणको जोखिमलाई बढाउँदछ, जुन मानव तस्करीसँग समेत जोडिन सक्दछ। यसले राहदानी(पासपोर्ट) वा यात्रा सम्वन्धि अन्य कागजातको अवैधानिक रुपमा कव्जा गर्ने कार्यलाई बढाउन सक्दछ। अवैधानिक कार्य गर्ने बैदेशिक रोजगार व्यवसायीलाई गरिने दण्डजरिवाना अत्यन्त सामान्य भएका कारण यसले गलत अभ्यासलाई रोक्न सकेको छैन। भर्ना प्रकृया वा छिट्टै रोजगार करार भंग हुने विषयमा देखिएको अर्को साझा समस्या भनेको दुई हप्ता भित्रै घरेलु कामदारलाई नयाँ रोजगारी खोजिसक्नु पर्ने अथवा हङकङ छोड्नु पर्ने नियम हो जसले उनीहरुलाई चर्को दवावमा पार्दछ र उनीहरुको जोखिमलाई अझ बढाउँछ 

भर्ना प्रकृयासँग सम्वन्धित समस्याका अलावा, हङकङमा रोजगारीमा जानेहरुले त्यससँग सम्वन्धित अन्य विषयहरुको सामना पनि गर्नुपर्दछ । थुप्रै आप्रवासी कामदारहरुले, विशेष गरी घरेलु कामदारहरुले आफूले रोजगार करारमा तोकिएभन्दा बाहेकको काम गर्नुपरेको, अतिरिक्त समय काम गर्नुपरेको तथा पर्याप्त आराम गर्ने समय वा विदा नपाएको गुनासो गर्दछन्  जसले हङकङमा कानूनले नै मानक वा अधिकतम कार्यसमय छैन भन्ने देखाएको छ। लामो कार्यसमयका कारण उनीहरु रोजगारदाताकोमा नै बस्नु पर्दछ । परिणाम, काम गर्ने समय र फुर्सदको समयबीच खास भिन्नता हुन्न जसले उनीहरुको व्यक्तिगत जीवनका लागि समय नै हुन्न(अक्सर कामदारको लागि छुट्टै कोठा हुन्न जसले गर्दा परिवारका अन्य सदस्यको कोठामा नै बस्नुपर्ने हुन्छ), र उनीहरुले पृथक जीवन बाँच्नु पर्नेहुन्छ । यसले उनीहरुको घुमफिर गर्ने स्वतन्त्रता र दुव्र्यवहार वा शोषणको समस्यामा परेको समयमा सहयोग प्राप्त गर्न नियन्त्रीत गर्नसक्दछ।

फिलिपिन्स र ईन्डोनेसियाले आफ्ना नागरिकलाई रोजगारीका लागि जान (अस्थायी) बन्देज लगाएपछि हङकङमा घरेलु कामदारको अवस्था धेरै नराम्रो रहेको मानियो। यद्यपी फिलिपिन्सले लगाएको बन्देज पुनः हट्यो, ईण्डोनेसियाको प्राविधिक कारणले हाल पनि कायम छ तर यो उतिधेरै व्यवहारमा भनें छैन । यस्तो बन्देजले अनियमित आप्रवासनलाई बृद्धि गराउदछ 
आप्रवासी कामदारको पर्याप्त सुरक्षाको व्यवस्था नमिलाएको भन्दै हङकङको आलोचना हुने गरेको छ, विशेष गरी महिला कामदारहरु जो दुव्यर्वहार र शोषणमा पर्ने गर्दछन्।  का अनुसार हङकङको आप्रवासन नीतिले घरेलु कामदारलाई अलग गरेको छ जसले उनीहरुलाई शोषणको जोखिमलाई बढाउछ । उदाहरणका लागि उनीहरुले स्थायी बसोवास अनुमतिका लागि आवेदन दिन, परिवारका सदस्यहरुलाई ल्याउन सक्दैनन् । यसका अलावा उनीहरुको न्यूनतम वेतन अन्य कामदारको तुलनामा आधा छ(लियाङ, २०१६) ।  आप्रवासी कामदारको भर्ना प्रकृयामा श्रोत मुलुक र गन्तव्यमुलुकको नीति तथा नियमहरु बाझिने खालको र विपरित हुनु पनि समस्या हो

थप जान्नुहोस् आईटीयू विश्वव्यापी अधिकार सूचकांकमा आधारित देशका श्रमिक अधिकारहरूको आदरको डिग्री यहाँ