उचित श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्नुहोस्

आफूसँग रोजगार सम्वन्धि लिखित सम्झौतापत्र हुनु आवश्यक कुरा हो । यदि  तपाई घरेलु कामदार हो भनें, सन् २०१७ को अक्टोवर महिनादेखि लागु भएको मानक सम्झौतापत्र लिनुहोस् । कुनै पनि सम्झौतापत्रमा हस्ताक्षर गर्नुअघि राम्रोसँग पढ्नुहोस् । सम्झौतापत्रमा लेखिएका कुनै कुरामा आफू सहमत नभएमा वा नबुझेमा हस्ताक्षर नगर्नुहोस्, आफ्नो रोजगारदातासँग छलफल गर्नुहोस् । यसैगरी आफूले हस्ताक्षर गरेको सम्झौताको एक प्रति आफूसँग राख्नुहोस् । मुख्यकुरा आफ्नो नाममा श्रम सम्झौता नभई कुनै पनि काम काम नगर्नुहोस् । यसैगरी अन्य कुनै रोजगारदाताको लागि काम नगर्नुहोस् तथा अन्य कार्यथलोमा गएर पनि काम नगर्नुहोस् ।    

आफूलाई सुसूचित राख्नुहोस्

बहराइनको लेवर मार्केट रेगुलेटरी अथोरीटी(एलएमआरए) ले वेभसाइटमा बहराइनमा रोजगारी गर्न चाहने विदेशी कामदारहरुका लागि उनीहरु आफ्नै मुलुकमा हुादै तथा बहराइन आइसकेपछि आवश्यक पर्ने थुप्रै जानकारीहरु उपलव्ध गराएको छ । यसैगरी अनुमतिप्राप्त स्वासथ्य संस्थाहरुको सूचि पनि त्यहाँ उपलव्ध छ । यसैगरी एक्प्याट पोर्टलबाट आफ्नो श्रम ईजाजतको वैधानिकता भए नभएको तथा एव्सेण्ट रिपोर्टेड लुकअपबाट कतै तपाईको रोजगारदाताले तपाईलाई भगौडा कामदार त बनाइसकेको छैन भन्ने पनि जाँच गर्न सक्नुहुन्छ । यसैगरी एउटा उपयोगी जानकारी पनि १२ वटा भाषामा उपलव्ध छ । तपाईका कुनै प्रश्न भएमा एलएमआरएमा १७५०६०५५ मा फोन गरेर बुझ्न पनि सक्नुहुन्छ ।    

गुनासो भएमा दर्ता गर्नुहोस्

कुनै समस्यासँग जुध्नका लागि उपयोगि सरकारी निकाय तथा ट्रेड यूनियनको सम्पर्क सदैव साथमा राख्नुहोस् । तपाईले कुनै समस्या भएमा श्रम ईजाजतपत्र प्राप्त गरेको दुई बर्ष ३० दिन भित्रमा एलएमआरएमा गुनासो दर्ता गराउन सक्नुहुन्छ । सम्झौता पत्रका कुनै विषय उल्लंघन भएमा(जस्तै तलव नपाएमा) श्रम तथा सामाजिक विकास मन्त्रालयमा उजुरी गर्न सकिन्छ ।

तपाईको अधिकारका बारेमा थाहा पाउनुहोस्

बहराइनमा आप्रवासी श्रमिकको अधिकार तथा त्यहाँको श्रम कानूनका बारेमा धेरै कुरा बुझ्नुहोस् । एक आप्रवासी कामदारको नाताले तपाईले बहराइनमा रोजगारदाता फेर्न पाउनुहुन्छ । आफ्नो श्रम सम्झौताको अवधि सकिएपछि नयाँ रोजगारदाता खोज्न सक्नुहुन्छ ।  आफ्नो सम्झौतापत्रमा लेखिए अनुसार पुरा तलव पाउने अधिकार छ साथै आफ्नो राहदानी आफैंसँग राख्न पाउने अधिकार पनि । यदि तपाईले आफ्नै राजिखुशीले सुरक्षित हुन्छ भनेर रोजगारदातालाई आफ्नो राहदानी राख्न दिनुभएमा त्यसको भपाई भनें लिनुहोस् । 

अन्य उपयोगी जानकारी