बर्ष

कानून

विवरण

सन् १९६३

 

बहराइन नागरिकता सम्वन्धि ऐन(नं ८)

यो ऐनले नागरिकता प्रदान तथा खारेजी सम्वन्धि व्यवस्था गर्दछ

 

सन् १९६५

आप्रवासीहरु (अध्यागमन र आवास) सम्वन्धी अध्यादेश

 

यस आदेशले बहराइनमा आप्रवासीहरु तथा उनीहरुको बसोवास सम्वन्धि व्यवस्था गरेको छ । यसले बहराइन भित्रिने आप्रवासीहरु, उनीहरुलाई आवासिय अनुमति पत्र प्रदान, बहराइनमा रोजगारी गर्ने अनुमति दिने सम्वन्धि व्यवस्था, बहराइनबाट बाहिरिने अनुमति, बसोवास सम्वन्धि अन्य व्यवस्थाहरु, कुनै गल्ती भएमा त्यसको सजाय लगायतका विषयहरु समेटेको छ ।

सन् १९७६

अमिरको आदेश कानून नं २७

यो आदेशले सामाजिक बीमा सम्वन्धि कानूनको भाग ३८ र १३९ लाई संशोधन गरेको छ

सन् १९७७

अमिरको आदेश कानून नं १२

यो आदेशले सामाजिक बीमा सम्वन्धि कानूनका केहि प्रावधानहरु गैर बहराइनी नागरिकका हकमा लागु नहुने व्यवस्था गरेको छ

सन् १९७८

मन्त्रीस्तरीय आदेश नं २१(बीमा)

यो आदेशले बहराइनमा बसोवास गर्नेहरु जसलाई अन्य सामान्य संस्थाहरुले निवृत्तिभरण प्रदान गर्दछन् त्यससम्वन्धि व्यवस्था गर्दछ

सन् १९८४

 

अमिरको आदेश कानून नं ४

यो आदेशकानूनले सन् १९८३ को अमिरको आदेश नं ३ का केहि प्रावधानहरु जसमा खाडी मुलुकका नागरिकको उपचार सम्वन्धि व्यवस्था छ, तिनिहरुलाई संशोधन गरेको छ   

सन् १९९१

विधायिकी आदेश नं ६

यस आदेशले बहराइन रक्षा र सार्वजनिक सुरक्षा फोर्सका बहराइनी तथा गैर बहराइनी अधिकृतहरुको निवृत्तिभरण सम्वन्धि व्यवस्था गरेको छ

सन् १९९५

सन् १९९४ को आदेश नम्वर ९ लाई संशोधन गर्ने श्रम तथा सामाजिक मामिला मन्त्रालय आदेश नं १०

समय तथा त्यसको नविकरण प्रकृया र शुल्कका बारेमा व्यवस्था गरेको छ 

सन् १९९४

श्रम तथा सामाजिक मामिला मन्त्रालयको गैर बहराइनी नागरिकले श्रम ईजाजत प्राप्त गर्ने सम्वन्धमा दिएको आदेश नं ८

विदेशी कामदार राख्न चाहने रोजगारदाताले यस आदेशको अनुसूचीमा राखिएको फारम  भरेर सोही अनुरुप प्रकृया गर्नुपर्दछ । रोजगारदाताले ति विदेशी कामदार आवश्यक भएको कुरा प्रमाणित गर्नु पर्दछ । बहराइनमा कामदार उपलव्ध नभएको अवस्थामा मात्र त्यस्तो अनुमति प्रदान गरिन्छ । कुनै विशेषज्ञ काममा पनि रोजगारदाताले सिकारु बहराइनी नागरिकलाई भर्ना गर्नुपर्नेछ र उनीहरुलाई भविष्यका लागि योग्य बनाउनु पर्ने यस आदेशको सार हो ।   

सन् १९९४

विशेष घटनामा आप्रवासी कामदारको श्रम ईजाजत नविकरण नहुने सम्वन्धि श्रम तथा सामाजिक मामिला मन्त्रालयको आदेश नं १४

कुनै आप्रवासी कामदारको विभिन्न कारणले श्रम ईजाजत नविकरण हुन नसक्ने व्यवस्था यस आदेशमा छ । यसमा कुनै आप्रवासी कामदारले बहराइनी नागरिकसँग रोजगारीमा प्रतिस्पर्धा गरिरहेको मन्त्रालय ठानेमा पनि त्यस्ता कामदारको श्रम ईजाजत नविकरण नहुने व्यवस्था यस आदेशमा छ । यसैगरी स्वास्थ्य परिक्षणमा अनुत्तिर्ण भएमा वा "बहराइनीकरण"को प्रयासमा कुनै रोजगारदाता नदेखिएमा पनि त्यस्ता कामदारको श्रर्म इजाजतपत्र नविकरण नहुने व्यवस्था यसमा छ । कुनै आप्रवासी कामदारले आफ्नो रोजगार करार सम्झौताको अवधि बाँकी हुँदै छोडेर गएमा पनि सम्वन्धित रोजगारदाताले मन्त्रालयलाई सुचित गर्नुपर्नेछ ।    

सन् १९९४

रोजगारदाता तथा मध्यस्थकर्ताहरु मार्फत रोजगारीमा भर्ना गरिने गैर बहराइनी नागरिकहरुको रोजगार अन्त्य तथा त्यसको प्रकृया सम्वन्धि श्रम तथा सामाजिक मामिला मन्त्रालयको आदेश नं २१

यस आदेशले रोजगारदाता तथा कामदार आपूर्ति गर्ने कम्पनीहरुबीच लिखित रुपमा सम्झौता हुनैपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । सो सम्झौतापत्रमा कामदारको मुलुक, उमेर, कामको प्रकृति, ज्याला लगायत उल्लेख हुनुपर्दछ । यस आदेशको अनुसुचिमा दुईवटा नमुना सम्झौता पत्रहरु समेत समावेश छ, जसमा एउटा घरेलु कामदार सम्वन्धि रहेको छ । यस आदेशले न त रोजगारदाताले न त कामदार आपूर्ति गर्ने कम्पनीले सम्वन्धित कामदारसँग रकम असुल्न नपाउने व्यवस्था गरेको छ । रोजगारदाताको आवश्यकता अनुरुपको कामदार आपूर्ति गर्ने जिम्मेवारी सम्वन्धित कम्पनीहरुको रहेको यस आदेशले व्यवस्था गरेको छ । यस आदेशले कामदार आपूर्ति गर्ने कम्पनीहरुका  लागि अनुमतिपत्र तथा त्यसको शुल्कका बारेमा समेत व्यवस्था गरेको छ । यो आदेशले यस्तै प्रकृतिको आदेश नम्वर १७ लाई प्रतिस्थापित गरेको छ ।

सन् १९९५

निश्चित घटनामा आप्रवासी कामदारको श्रम ईजाजत नविकरण नहुने वा खोसिने सम्वन्धमा सन् १९९४ को श्रम तथा सामाजिक मामिला मन्त्रालयको आदेश नम्वर १४ लाई संशोधन गर्ने श्रम तथा सामाजिक मामिला मन्त्रालयका आदेश नम्वर २ 

यस आदेशले खण्ड १ को उपखण्ड ५ लाई संशोधन गर्दछ जसले स्पोन्सरशीप सम्वन्धि व्यवस्थालाई कसिलो बनाएको छ ।

सन् १९९९

मन्त्रीस्तरीय संकल्प नं १९३ जसले व्यक्तिगत रुपमा स्पोन्सर गरिएकाहरुलाई बहराइनमा आवास अनुमति प्रदान गर्दछ

यो संकल्पले विदेशीलाई बहराइनमा आवासिय अनुमति प्राप्त गर्न पुरा गर्नुपर्ने शर्तहरु समेटेको छ

सन् २००१

आप्रवासी कामदारको निश्चित क्षेत्रमा स्थानान्तरण सम्वन्धि मन्त्रीस्तरीय आदेश नम्वर २१

यो आदेशले कामदारलाई एक रोजगारदाताबाट अर्को रोजगारदातामा स्थानान्तरण निश्चित तोकिएको अवस्थामा गर्न सकिने व्यवस्था गरेको छ ।

 

सन् २००४

आप्रवासी कामदारको श्रम ईजाजतको अवधि, नविकरण प्रकृया तथा शुल्क सम्वन्धि सन् १९९४ को मन्त्रीस्तरीय आदेश नं ९ को संशोधनका लागि मन्त्रीस्तरीय आदेश नं १९

यस आदेशले सन् १९९४ को आदेशको दफा नं ५ लाई संशोधन गर्दछ जुन अल्पकालिन श्रम ईजाजतको नविकरणसँग सम्वन्धित छ जहाँ थप ६ महिनाका लागि श्रम ईजाजत नविकरण हुने व्यवस्था छ । 

सन् २००५

विदेशमा काम गर्ने बहराइनीहरुका लागि सामाजिक सुरक्षा बीमा सम्वन्धि कानून नं ३१

विदेशमा काम गर्ने बहराइनी नागरिकहरु जसले यस कानून अनुरुपको शर्तहरु(दफा २ तथा दफ ४) पुरा गर्दछन्, उनीहरुले यस कानून अनुसार लाभ प्राप्त गर्ने व्यवस्था यस कानूनले गरेको छ । यसमा बृद्धावस्थाको बीमा योजना, अंगभंग तथा मृत्यु( दफा ३) को अवस्थामा बीमाको व्यवस्था छ । यस कानूनले बहराइनी कामदारको योगदान तथा योगदानमा आधारित लाभको पनि व्यवस्था गरेको छ ।

सन् २००६

श्रम बजार नियमन गर्ने कानून नं १९

पहिलो खण्डमा श्रम बजार नियमन गर्न स्थापित प्राधिकरणको काम, कर्तव्य अधिकारका बारेमा व्यवस्था छ ।

दोश्रो खण्डमा प्राधिकरणले प्रदान गर्ने अनुमतिपत्र लगायतका विषयमा उल्लेख छ ।

तेश्रो खण्डमा अन्य विषयहरु समेटिएका छन् ।  

सन् २००८

श्रम ईजाजतका लागि लाग्ने शुल्क, कामदार तथा तिनका परिवारका सदस्यहरुको आवास अनुमति नविकरण सम्वन्धि आदेश नम्वर २६

कामदार तथा तिनका परिवारको श्रम ईजाजत अनुमतिका लागि तोकिएको शुल्क सम्वन्धित रोजगारदाताहरुले तिर्नुपर्नेछ । यसैगरी मासिक १० दिनार विदेशी रोजगारदाताले भुक्तानी गर्नुपर्ने यस आदेशले व्यवस्था गरेको छ । यसैगरी यस आदेशले श्रम ईजाजतको शुल्क, प्रवेज्ञा तथा बहराइन छोडेर बाहिरिने अनुमति, आवास अनुमति, स्वास्थ्य रिपोर्ट तथा परिचयनपत्र सम्वन्धि व्यवस्थाका बारेमा पनि व्यवस्था गरेको छ । 

 

सन् २०१३

घरेलु श्रमिक बाहेक अन्य रोजगारीमा रहेका आप्रवासी श्रमिकको श्रम ईजाजतलाई व्यवस्थीत गर्ने सम्वन्धि सन् २००८ को आदेश नं ७६ लाई संशोधन गर्ने आदेश नं ४

 

सन् २०१३

रोजगारदाताको तथ्याँकलाई नियमन गर्ने आदेश नं १  

सन् २००८ को आदेश नं ७६ को दफा १० तथा दफ १३(ख) ले घरेलु कामदार बाहेक अन्य आप्रवासी कामदारको श्रम ईजाजत नियमन गर्न गरेको व्यवस्थालाई यस आदेशले निम्नानुसार संशोधन गरेको छः  

दफा १०: श्रम ईजाजत आप्रवासी कामदार बहराइन प्रवेश गरेको मितिदेखि दुई बर्षका लागि वा रोजगारदाताले एक बर्षका लागि श्रम ईजाजत प्रदान गर्न आवेदन गरेको भएमा शुल्क तिरेको मितिदेखि तोकिएको अवधिका लागि बैध हुनेछ । एक बर्षका लागि श्रम ईजाजत लिइएको हकमा एक बर्ष पुरा भएपछि रोजगारदाताले अनुरोध गरेमा आवश्यक शुल्क तिरेपछि थप ६ महिनाको लागि श्रम ईजाजत एलएमआरएले नविकरण गरिदिनेछ ।

श्रम ईजाजत निश्चित अवधिका लागि नविकरण हुन सक्नेछ तथा यसका लागि श्रम ईजाजतको म्याद सकिनु १८० दिन भन्दा अगाडी नहुने गरी एलएमआरएले उपलव्ध गराएको ढाँचामा अनलाइन माध्यमबाट वा कार्यालयमा आवेदन दिनुपर्नेछ । नविकरणको आवेदनमा सम्पूर्ण आवश्यक जानकारीहरु तथा आवेदन साथ मागिएका सम्पूर्ण कागजातहरु समावेश हुनुपर्नेछ ।

दफा १३(ख): रोजगारदाताले अनुरोध गरेमा वा कामदारले श्रम इजाजत विपरित काम गरेमा श्रम ईजाजत अनुमति खारेजी हुनेछ । एलएमआरएले अनिवार्य रुपमा रोजगारदाता वा उसको आधिकारिक प्रतिनिधिलाई दुई दिनको समय सहित यससम्वन्धि जानकारी दिनुपर्नेछ । यदि उपलव्ध गराइएको दुई दिनभित्र कुनै जवाफ नआएमा एलएमआरएले श्रम ईजाजत रद्ध गर्नेछ तथा यसका बारेमा जानकारी सम्वन्धित रोजगारदाता वा उसको आधिकारिक प्रतिनिधिलाई तत्काल दिनुपर्नेछ । सम्वन्धित व्यक्तिले यस विरुद्धमा एलएमआरए कार्यालयमा गुनासो दर्ता गर्न सक्नेछ । यससम्वन्धि जानकारी हुलाक वा विद्युतिय माध्यबाट गर्न सकिनेछ ।     

 

 

 

सम्पूर्ण व्यवसायी जसले आप्रवासी कामदारलाई रोजगारी दिन्छन्, तिनिहरुले निम्नानुसारको विवरण राख्नुपर्नेछः

१. कामदारको नाम, राष्ट्रियता, जन्म मिति, योग्यता, कामको विवरण वा उसको बसोवास तथा अन्य सम्पूर्ण पहिचान सम्वन्धि विवरणहरु

२. कामको प्रकृति जसका लागि उनीहरुलाई राखिएको हो ।

३. बहराइनमा प्रवेश गरेको मिति ।

४. श्रम ईजाजतको अवधि ।

५. श्रम सम्झौताको अवधि, यदि तोकिएको भएमा ।

६. सम्झौता भएको ज्याला, ज्याला भुक्तानीको पद्धती, भुक्तानीको मिति तथा सेवा सम्वन्धि सम्पूर्ण विवरणहरु, ज्याला भुक्तानीका लागि प्रयोग भएको कामदारको बैंक खाता नम्वर तथा रोजगारदाताको बैंक खाताको विवरण ।  

७. यदि रोजगारीम राखिएको कामदारका लागि ुकनै विशेष ईजाजतपत्र आवश्यक पर्ने भएमा सम्वन्धित निकायबाट लिइएको ईजाजतपत्र

८. रोजगार सम्वन्धलााई प्रभाव पार्ने कुनै विषय भएमा

सन् २०१३

आप्रवासी कामदारको श्रम ईजाजत तथा आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरुको आवास अनुमतिपत्र नविकरणका  लागि रोजगारदाताका लागि तोकिएको शुल्क सम्वन्धि सन् २००८ को आदेश नं २६ लाई संशोधन गर्ने मन्त्रीस्तरीय आदेश नम्वर ६७

यस आदेश मार्फत आदेश नं २६ को अन्त्यमा एउटा शव्दावली थप गरिएको छ)बुँदा १) मा । सो आप्रवासी कामदारको श्रम ईजाजत प्राप्त गर्न तथा आप्रवासी कामदारको आवास अनुमति नविकरण गर्न रोजगारदाताले बुझाउनु पर्ने शुल्कका विषयमा रहेको छ । सो बुँदामा लेखिएको छः रोजगारदाताले पहिलो ५ जना कामदारको शुल्कमा प्रतिमहिना ५ बहराइन दिनार छुट पाउनेछन् ।   

 

 

 

 

 

 

 

 

सन् २०१४

आप्रवासी व्यवसायीलाई नियमन गर्ने आदेश नम्वर २

 

यो आदेशमा आप्रवासी व्यवसायी अनुमति(दफा ३), आप्रवासी व्यवसायीको प्रतिवद्धता(दफा ६) तथा अनुमतिको अन्त्य(दफा १०) रहेका छन् ।

सन् २०१४

घरेलु कामदार तथा घरेलु कामसँग सम्वन्ध्ति काम गर्ने श्रमिकहरुका लागि श्रम ईजाजत नियमन गर्ने सम्वन्धि आदेश नं ४ 

यस आदेशमा श्रम ईजाजत प्रदान गरिने अवस्था(दफा ३), रोजगारदाताको प्रतिवद्धता(दफा ७), कामदारको प्रतिवद्धता(दफा ८), श्रम ईजाजतको अवधि(दफा १०) तथा श्रम ईजाजतको समाप्ती(दफा ११) समेटिएको छ ।   

 

 

 

सन् २०१५

बहराइनको नागरिकता प्राप्त गरेको कुनै विदेशी नागरिकले स्वेच्छाले बहराइनी नागरिकता परित्याग गरेमा वा नागरिकता गुमाएमा अवकाश पश्चात पाउने अधिकार था सुविधा सम्वन्धि आदेश कानून नं ३६

 

यस कानूनले बहराइनको नागरिकता लिएको कुनै विदेशीले बहराइनी नागरिकता परित्याग गरेमा वा नागरिकता गुमाएमा अवकासपछि प्राप्त गर्ने कुनै पनि अधिकार तथा सुविधा नपाउने व्यवस्था गरेको छ । 

सन् २०१६

आप्रवासी कामदारको स्वास्थ्य परिक्षण सम्वन्धि प्रमाणपत्रका बारेमा मन्त्रीस्तरीय आदेश नं १२

आप्रवासी कामदारको स्वास्थ्य परिक्षण जारी गर्ने अनुमति नेशनल हेल्थ रेगुलेटरी अथोरीटी(एनएचआरए) बाट अनुमति लिएका नीजि स्वास्थ्य संस्थाहरुले प्राप्त गरेका छन् । 

त्यस्ता नीजि स्वास्थ्य संस्थाहरुले आफूले गरेको स्वास्थ्य परिक्षणको रिपोर्ट सार्वजनिक स्वास्थ्य समितिलाई उपलव्ध गराउनुपर्नेछ जसले पछि एलएमआरएले ति रिपोर्ट पठाउँछ । सार्वजनिक स्वास्थ्य समितिले त्यस्ता रिपोर्टहरुको अध्ययन गर्ने तथा आवश्यक ठानेमा रिेपोर्ट सम्वन्धि थप कागजातहरुको अध्ययन गर्दछ । यदि कुनै नीजि स्वास्थ्य संस्थाले कुनै आप्रवासी स्वास्थ्य परिक्षणमा अनुत्तिर्ण भएमा वा उसमा कुनै सरुवा रोग भएमा त्यस्तो स्वास्थ्य संस्थाले समितिलाई रिपोर्ट प्राप्त भएको २४ घण्टाभित्रमा जानकारी गराउनुपर्नेछ । यस्तो अवस्थामा सम्वन्धित रोजगारदाताले त्यस्तो कामदारलाई समितिमा पुनःजाँचका लागि लैजानु पर्नेछ ।