बहराइनमा झण्डै ६ लाख आप्रवासी कामदार छन्(बहराइनको कुल जनसंख्याको ५५ देखि ७५ प्रतिशत बीचमा) । यस्ता आप्रवासी श्रमिक मुख्य गरी अदक्ष तथा न्यूनदक्ष श्रमिकका रुपमा काम गर्छन् जो घरेलु काम, निर्माण क्षेत्र तथा होलसेल तथा खुद्रा पसलहरुमा पनि काम गर्छन् । पछिल्लो तथ्याँकले बहराइनमा १ लाख घरेलु कामदार रहेको देखाउँछ । आप्रवासी श्रमिकको अधिकार रक्षाका हिसावले बहराइनलाई अन्य खाडी मुलुकहरुको तुलनामा प्रगतिशिल मुलुकका रुपमा लिइन्छ । यो प्रगति पछिल्ला केहि बर्षहरुमा भएको हो । सन् २०१० देखि २०१३ को बीचमा बहराइननै पहिलो खाडी मुलुक हो जसले अन्तराष्ट्रिय श्रम संगठन(आइएलओ) को मर्यादित काम सम्वन्धि कार्उक्रम, डीडव्लुसीपी लाई स्वीकारेको थियो जसले कामदारको अधिकारलाई प्रोत्साहन, आम्दानीको सुरक्षा तथा महिलालाई रोजगारीमा भर्ना गर्ने विषयलाई समेट्दछ । सन् २०१६ मा कामदारको अन्य अधिकार तथा श्रम मापदण्डका बारेमा प्राथमिकता निर्धारण गर्दै नयाँ डीडव्लुसीपी कार्यक्रम सुरु भयो । बहराइनका अन्य राष्ट्रिय कानूनहरु, उदाहरणका लागि आप्रवासी कामदारहरुको विषय पनि समावेश हुने(घरेलु कामदार बाहे, उनीहरु आँशिक रुपमा मात्र सम्मिलित छन) गरी श्रम कानूनमा व्यवस्था भयो । जसमा शोषण गरेमा तथा ज्याला नदिइएमा फौजदारी अभियोग सरह कारवाही हुने, कामदार आपूर्ति गर्ने कम्पनीहरुको नियमन, विरामी विदा तथा बार्षिक विदा बृद्धिका साथै गैरकानूनी रुपमा कामबाट हटाइएमा क्षतिपूर्ति प्रदान गर्नेसम्मका व्यवस्था छ । यो अवस्थामा लेवर मार्केट रेगुलेटरी अथोरीटी(एलएमआरए) ले काम गर्ने ईजाजतको प्रवेशाज्ञा जारी गर्ने, मेनपावर कम्पनीलाई ईजाजत प्रदान गर्ने तथा रोजगारी स्थानान्तरणको कार्य गर्ने अधिकार दिइएको छ । सन् २०१७ अक्टोवर देखि घरेलु कामदारका लागि मानक करार सम्झौतापत्र पनि जारी भएको छ जसमा कार्यथलोको अवस्था, पारिश्रमिक, साप्ताहिक विदा तथा दायित्वहरु उल्लेख गरिएको छ ।  

यति प्रयत्नका वावजूद बहराइनमा कार्यरत आप्रवासी कामदारले भर्ना तथा रोजगारी सम्वन्धि धेरै जोखिम भोग्नु परिरहको छ । आफ्नो मुलुकबाट रोजगारीका लागि बहराइन प्रस्थान गर्नुअघि ति कामदारहरुसँग बहराइनका कामदार आपूर्ति गर्ने कम्पनीहरुले अत्याधिक शुल्क असुल्छन् (सरदर १० द ेखि २० महिनाको तलव बरावरको रकम) । यो विशेषगरी निर्माण क्षेत्रमा साझा रुपमा देखिन्छ भनें नियमित प्रकृयाबाट घरेलु काममा आउनेहरुलाई यो शोषण कम छ । अत्यधिक रकम लगानी गरेर आउनु परेका कारण कामदारहरु शोषणयुक्त कार्यथलोमा पनि काम गर्न बाध्य हुने गरेका छन् ।  

बहराइनमा कफाला (जहाँ आप्रवासी कामदारहरु उनीहरुका रोजगारदाताको सुक्ष्म निगरानीमा हुन्छन् र उनीहरुलाई रोजगारदाता फेर्न तथा रोजगारदाताको अनुमति विना मुलुक छोडेर जान अत्यन्त समितता हुन्छ) का कारण आप्रवासी श्रमिकले रोजगारीका सन्दर्भमा धेरै प्रकारका चुनौतिहरु भोग्नु परिरहेको अवस्था छ । यसमा न्यून तलव तथा तलव नदिने, धेरै समय काम गर्न बाध्य बनाइने, कामको बीचका आरामको समय नदिइने, राहदानी बलपूर्वक कामदारसँगबाट खोसेर राखिनुका साथै शारिरीक र मानसिक तथा यौन हिंसा(विशेषगरी घरेलु कामदारलाई) समेत हुने गरेको छ । निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरुले अत्यन्त खराव तथा न्यूनतम आधारभूत सुविधा समेत नभएका ठाउँ(जस्तै पानी तथा शौचालयको सुविधा समेत नभएको) मा बस्न बाध्य बनाइने गरेका छन् । आप्रवासी श्रमिकको अधिकारका लागि बहराइन सरकार र रोजगारदाताहरुको प्रयासका अलावा केहि मुलुकहरु(उदाहरणका लागि भारत, फिलिपिन्स) ले आफ्ना मुलुकका नागरिकका लागि बहराइनमा काम गर्न न्यूनतम तलव समेत तोकेका छन् । यद्यपी बहराइनमा काम गर्ने घरेलु कामदारले अन्य क्षेत्रका कामदारले भन्दा न्यून तलवमा काम गर्नुपर्दछ । बहराइनी नागरिकले आप्रवासी कामदारलाई भेदभाव गरेको समेत गुनासो आउने गरेको छ ।    

आइटीयूसीको ग्लोवल राइट्स ईन्डेक्स अनुसार बहराइनमा कामदारको अधिकार स्थीति हेर्न यहाँ क्लीक गर्नुहोस्