तल दिइएको तालिकामा वैदेशिक रोजगारमा जाने कामदारका भर्ना प्रकृया नियमन गर्ने प्रावधानहरु, संरक्षणका लागि भएका उपायहरु (जस्तै पूर्व प्रस्थान तालिम, बीमा योजना लगायत) साथै बैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्वन्धमा बनेको निर्देशिका लगायतका सम्वन्धित राष्ट्रिय कानूनहरुबारे विवरण प्रस्तुत गरिएको

वैदेशिक रोजगार ऐन २०६४  : यस ऐनले बैदेशिक रोजगारसँग सम्वन्धित सम्पूर्ण विषयलाई निर्देशित गर्दछ; विदेशमा रहेका नेपाली कामदारहरुको सुरक्षा र कल्याणकारी कार्यहरुलाई प्रोत्साहित गर्दछ; श्रम आप्रवासनलाई सहजिकरण गर्ने व्यवसाय, जस्तै वैदेशिक रोजगार व्यवसायी, लाई नियमन तथा निगरानी गर्दछ; वैदेशिक रोजगार कल्याणकारी कोषको सिर्जना गर्दछ; र  अनिवार्य अभिमुखिकरण तालिम प्रदान गर्नुपर्ने व्यवस्था गर्दछ ।

वैदेशिक रोजगार नियमावली २०६४  : यस बैदेशिक रोजगार नियमावली, २०६४ ले विदेशमा काम गर्नका लागि कामदार भर्ना गर्ने र पठाउने बैदेशिक रोजगार व्यवसाय गर्न चाहने कम्पनीहरुको छनौट तथा ईजाजत पत्र प्रदान गर्न नियम प्रदान गर्दछ । यसले रोजगारीको विज्ञापनको विषयवस्तु, पुर्वप्रस्थान अभिमूखिकरण तालिमको विषयवस्तु र वैदेशिक रोजगार कल्याणकारी कोषसँग सम्बन्धित प्रावधानहरु निर्धारण गर्दछ ।

मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ : यस मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ ले मानव बेचविखन तथा ओसारपसार भनि मानिएको कार्यहरुलाई व्याख्या गर्नुका साथै निषेध गरेको छ साथै कारवाही र दण्डको व्यवस्थालाई निर्दिष्ट गरेको छ । यसले विदेशमा मानव वेचविखन तथा ओसारपसारमा परेका पिडितहरुको उद्दार, पुनर्स्थापना, पुर्मिलन तथा क्षतिपूर्तिका लागि आधार प्रदान गरेको छ र पुनर्स्थापना कोष समेत स्थापना गरेको छ ।      

कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन, २०५८  : यस ऐनले ज्याला नदिइ वा थोरै ज्याला दिई कसैलाई पनि ऋण उठाउनका लागि   कमैयाका रुपमा राख्न नपाइने व्यवस्था गरेको छ । यस ऐनले कमैयाहरुलाई मुक्त गर्दै उनीहरुले तिर्न बाँकी रहेको भनिएको ऋण तिर्नु नपर्ने व्यवस्था ग-यो । यसले "मुक्त कमैया पुनस्र्थापना तथा अनुमगन समिति" पनि स्थापना गरेको छ ।

वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्वन्धि निर्देशिका, २०७२  : यस निर्देशिकामा घरेलु कामदारका रुपमा काम गर्न खाडीका मुलुक, लेवनन तथा मलेसिया जान चाहने महिलाका लागि केही मूख्य प्रावधानहरु समावेश गरिएको छ; घरेलु काम गर्न जान चाहने महिलाको उमेर २४ बर्ष पुरा भएको हुनुपर्दछ, दुई बर्ष भन्दा कम उमेरको बच्चा नभएको हुनुपर्ने, गन्तव्य मुलुकको रोजगारदाता कम्पनी सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावासमा दर्ता भएको तोकिएको धरौटी  रकम बुझाएको हुनुपर्ने व्यवस्था गरेको