तलको तालिकाले नेपाल सरकारले विभिन्न मुख्य गन्तव्य मुलुकहरुसँग भएको विद्यमान द्धिपक्षिय श्रम सम्झौताका बारेमा जानकारी दिन्छ हाल बहराईन, जापान, दक्षिण कोरिया, कतार तथा संयुक्त अरव ईमिरेट्स (युएई) गरी वटा राष्ट्रसँग नेपालको यस किसिमको सम्झौता भएको यसैगरी नेपाली श्रमिकका मुख्य गन्तव्य मुलुकहरु जस्तै, जोर्डन, ओमान, लेवनन तथा मलेसियासँग यस्ता किसिमका सम्झौता भविष्यमा हुने सम्भावना  

बहराईन बहराईन सन् २००८; यस सम्झौताले नेपाल र बहराईन बिच श्रम तथा पेशागत तालिमका क्षेत्रमा दुई राष्ट्रहरुमा मानव संसाधनबाट पूर्ण रुपमा लाभ हासिल गर्नका लागि सहयोग तथा सूचना आदान प्रदान गर्ने विषयहरु तोकेको छ । यस सम्झौताले नेपाली वैदेशिक रोजगार व्यवसायीहरुको बहराईनी रोजगारदाता तथा नेपाली कामदारहरु बिचको मध्यस्थकारी भूमिकालाई र वैध रोजगार करारमा समावेस गर्नु पर्ने विषय के हो भनी  व्याख्या गरेको छ । 

जापान  सन् २००९ ; यस नेपाली प्राविधिक अभ्यासार्थीहरुलाई जापान पठाउने निर्देशिका, २०६६ ले तोकिएको वैदेशिक रोजगार व्यवसायी मार्फत नेपाली प्राविधिक अभ्यासार्थीहरुलाई जापान पठाउनका लागि प्रकृया तथा पुवशर्तहरु (न्यूनतम योग्यता, तलव, आवासको व्यवस्था, बीमा ईत्यादि) तोकेको छ । अझ, यसले यस प्रकृयामा संलग्न सवै पक्षहरुको जिम्मेवारी व्याख्या गरेको छ ।

दक्षिण कोरिया सन् २००७ ;यस नेपाल र दक्षिण कोरियाबीच भएको सम्झौताले  "सहयोगका लागि ठोस संरचना स्थापित गर्दछ । नेपाली कामदारलाई दक्षिण कोरिया पठाउने प्रकृयालाई पारदर्शी बनाउन तथा क्षमता अभिबृद्धि गर्न, दक्षिण कोरियामा विदेशी कामदारहरुलाई रोजगार अनुमति प्रणाली (EPS) अन्तरगत पठाउने सन्दर्भमा दुवै पक्षहरुले पालना गर्नु पर्ने प्रावधानहरु तय गर्ने" गरेको छ । यस सम्झौताले भर्ना प्रकृयामा संलग्न निकायहरुले कामदार पठाउन लाग्ने शुल्क, भाषा तथा प्रारम्भिक शैक्षिक योग्यता, भर्ना तथा पठाउने प्रकृया तथा रोजगार सम्झौतासँग सम्बन्धित प्रावधानहरुलाई व्याख्या गरेको छ ।

कतार सन् २००५ नेपाल कतारबीच भएको द्धिपक्षिय श्रम सम्झौतामा रोजगारीका लागि कतार जान चाहने नेपाली नागरिकको भर्ना प्रकृया, रोजगारीका लागि जाने प्रकृया तथा यसमा संलग्न हुने संस्थाहरुका बारेमा तोकिएको यसैगरी, सम्झौताले रोजगारदाता तथा कामदारको दायित्वको व्याख्या गर्नुका साथै रोजगारीको प्रस्तावपत्र तथा रोजगार करार /सम्झौता पत्रमा राखिने विषयवस्तु समेत व्याख्या गरिएको   

संयुक्त अरव ईमिरेट्स (युएई)  सन् २००७; जनशक्तीको क्षेत्रमा नेपाल र युएईबीचको सम्झौताले युएईका लागि नेपाली कामदार भर्ना गर्ने र पठाउने कार्यलाई नियमन गर्दछ र रोजगारदाता तथा कामदारहरुको जिम्मेवारीलाई तोकेको छ । यसैगरी, त्यसले आवेदन फारम तथा रोजगार करार/सम्झौता पत्रका विषयहरुलाई व्याख्या समेत गरेको छ ।         

ईजरायल  सन् २०१५; श्रम तथा रोजगार मन्त्रालय मातहतको बैदेशिक रोजगार विभागले "ईजरायलमा अपाङ्गता भएका वृद्ध कर्मचारीहरुलाई स्याहार गर्न नेपालबाट स्याहार गर्ने व्यक्ति (केयर गिभर) भर्ना गर्ने संयुक्त परिक्षण कार्यक्रम" मा हस्ताक्षर गरेको परिक्षणका रुपमा सुरु गरिएको यस कार्यक्रमले ईजरायलमा केयर गिभरको रुपमा काम गर्न ईच्छुक नेपालीलाई निश्चित संख्यामा रोजगारीको अवशर दिन्छ