,....................... का लागि यो लेख हेर्नुहोस्

बर्ष

कानूनी व्यवस्था

विवरण

सन् १९९७

गैर-जोर्डनी नागरिकका लागि श्रम ईजाजत शुल्कका बारेमा कानून नं ८, १९९६ को भाग १२ को व्यवस्थाका बारेमा सन् १९९७ को निर्देशिका नं ३६

यस निर्देशिकाले कुनै श्रमिकको एक बर्षका लागि श्रम ईजाजत प्राप्त गर्न वा नविकरणका लागि रोजगारदाताले तिर्नुपर्ने शुल्कका बारेमा व्यवस्था गरेको छ । यसका लागि गैर अरवी नागरिक जो कृषि र नर्स बाहेकका सवै क्षेत्रका लागि ३०० जेडी(४२३ अमेरिकी डलर), अरवी नागरिक जो कृषि र नर्स बाहेकका सवै क्षेत्रका लागि १०० जेडी(१४१ अमेरिकी डलर), गैर अरवी नागरिक जो कृषि र नर्सको काम गर्ने भएमा ५० जेडी(७० अमेरिकी डलर) तथा अरवी नागरिक जो कृषि र नर्सको काम गर्ने भएमा १० जेडी(१४ अमेरिकी डलर) तोकिएको छ ।

सन् १९९९

गैर-जोर्डनी नागरिकलाई दक्षतायुक्त औद्योगिक क्षेत्रमा काम गर्न ल्याउन पुरा गर्नुपर्ने प्रकृया र शर्तहरु सम्वन्धी निर्देशन

यस निर्देशनले दक्षतायुक्त औद्योगिक क्षेत्रमा रोजगारीका लागि विदेशी कामदार भर्ना सम्वन्धि शर्त तथा प्रकृयाहरुका बारेमा व्याख्या गरेको छ ।

सन् १९९९

गैर-जोर्डनी नागरिकलाई ल्याउने तथा भर्ना गर्ने सम्वन्धी शर्त तथा प्रकृयाहरु सम्वन्धी निर्देशन । गैर जोर्डनी नागरिकका लागि श्रम ईजाजत प्रदान गर्न सन् १९९७ को निर्देशिका नं ३६ दफा ३ ले गरेको व्यवस्था अनुरुप ।

यस निर्देशनले विदेशी कामदार ल्याउन चाहने रोजगारदाताले पुरा गर्नुपर्ने प्रकृयाहरुका बारेमा व्यवस्था गरेको छ । यसका लागि श्रम मन्त्रालयलाई स्वास्थ्य परिक्षण रिपोर्ट पनि पठाउनु पर्ने व्यवस्था छ । यदि कुनै श्रमिकले आफ्नो श्रम ईजाजत नविकरण गर्न चाहेमा एक महिना अगाडी नै प्रकृया गर्नुपर्ने यसले व्यवस्था गरेको छ ।   

सन् २०००

गैर-जोर्डनी नागरिकको श्रम ईजाजत नियमन सम्वन्धी निर्देशिका

यस निर्देशिकाले गैर-जोर्डनी नागरिकका लागि निर्देशिका नं ३६ को दफा २ ले व्यवस्था गरेको श्रम ईजाजत शुल्कलाई संशोधन गरेको छ । यस निर्देशिकाले सन् १९९७ मा जारी निर्देशिका नं ३६ ले श्रम ईजाजत प्राप्त तथा नविकरणका लागि रोजगारदाताले तिर्नुपर्ने शुल्क सम्वन्धी व्यवस्थालाई संशोधन गरेको छ ।     

सन् २००३

सन् २००३ को गैर-जोर्डनी नागरिकलाई घरेलु काममा ल्याउने, रोजगारीमा राख्ने कार्य गर्ने नीजि कार्यालयहरु सम्वन्धी निर्देशिका

यस निर्देशिकाले घरेलु कामदार ल्याउने काम गर्ने एजेन्सीहरुको ईजाजत सम्वन्धी व्यवस्था गरेको छ ।

सन् २००६

सन् २००६ को गैर-जोर्डनी नागरिकलाई घरेलु कामदारका रुपमा ल्याउने नीजि कार्यालयहरुको प्रकृया तथा शर्त सम्वन्धी निर्देशन

यस निर्देशनले गैर-जोर्डनी नागरिकलाई घरेलु कामदारका रुपमा ल्याउने नीजि कम्पनीहरुलाई ईजाजत दिन, नविकरण गर्न एक कमिटी गठन गरेको छ । यसैगरी यसले आवेदन दिने प्रकृया, घरेलु कामदार राख्ने अनुमतिका साथै घरेलु कामदार ल्याउने, उनीहरुलाई रोजगारीमा राख्ने र स्वदेश फर्काउने प्रकृयाका बारेमा पनि यसमा उल्लेख छ । यस निर्देशनले घरेलु कामदार राख्न चाहनेले सरकारलाई तथा एजेन्सीलाई तिर्नुपर्ने शुल्कका बारेमा पनि व्यवस्था गरेको छ ।   

Source: Natlex