,....................... का लागि यो लेख हेर्नुहोस्

आफूसँग सम्पूर्ण कागजात भएको यकिन हुनुहोस् !

ओमानमा रोजगारका लागि आवासिय भिसा तथा श्रम ईजाजत दुवै आवश्यक पर्दछ । भारत, पाकिस्तान, फिलिपिन्स, बंगलादेश, ईण्डोनेशिया, श्रीलंका, ईजिप्ट, सिरिया, सुडान, ईथियोपियाका नागरिकलाई निरोगीताको प्रमाणपत्र अनिवार्य छ । रोयल ओमान पुलिसले भिसा र श्रम स्वीकृति तथा नविकरणका लागि अनलाइन सुविधा दिने व्यवस्था गरेको छ । आफ्नो आवेदनको अवस्थाका बारेमा तपाईले जानकारी प्राप्त गर्न सक्नुहुन्छ । तपाईले आफूसँग हरवखत आफ्नो श्रमिक परिचयपत्र राख्नु अवश्यक छ । 

 

उचित श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्नुहोस्  

रोजगारीको लिखित सम्झौता तपाईसँग हुनु आवश्यक छ । सम्झौता पत्रमा हस्ताक्षर गर्नुअगाडी राम्रोसँग सम्झौतापत्र पढ्नुहोस् । यदि कुनै कुरा नबुझेमा वा सहमत नभएमा सम्झौता पत्रमा हस्ताक्षर नगर्नुहोस्, तिनिहरुका बारेमा रोजगारदातासँग छलफल गर्नुहोस् र आफूले प्राप्त गर्ने सुविधाका बारेमा आफुलाई लाभ हुने ढंगले सम्झौता गर्नुहोस् । तपाईले सो सम्झौताको एक प्रति सदैव आफूसँग राख्नुहोस् ।    

 

सुचूचित रहनुहोस्

ओमानको श्रम कानूनका बारेमा जानकार रहनुहोस् । मानव संशाधन मन्त्रालयले ओमानी श्रम कानूनका बारेमा जानकारी दिन्छ तथा ज्याला सुरक्षा प्रणाली(डव्लुपीएस)रोजगार सम्वन्धी समाचारहरु निरन्तर अद्यावधिक गर्दछ । रोयल ओमान पुलिसले पनि आप्रवासीको भिसा सम्वन्धी कानूनका बारेमा जानकारी दिन्छ । मस्कट अन्तराष्ट्रिय विमानस्थलमा श्रम सम्वन्ध कार्यालय चौविसै घण्टा खुल्ला रहन्छ जसले ओमानमा नयाँ आएका कामदारहरुलाई जानकारी दिने तथा ओमानको कानूनका बारेमा तयार पारिएको सामग्री उपलव्ध गराउँछ ।   

 

आफ्नो अधिकारका बारेमा थाहा पाउनुहोस्

आप्रवासी कामदारको नाताले, ओमानमा तपाईले आफ्नो रोजगार सम्झौताको एकप्रति राख्ने, कार्यथलोमा हुने दुर्घटनाको बीमा रोजगारदाताले गरेको हुनुपर्ने, अतिरिक्त समय काम गरेको अतिरिक्त भुक्तानी पाउने, समयमा ज्याला भुक्तानी प्राप्त हुने, उचित आवासको व्यवस्था, सम्झौता अवधिमा स्वास्थ्य उपचार सेवा रोजगारदाताबाट प्राप्त गर्ने व्यवस्था छ । यसका बारेमा आप्रवासी कामदारको अधिकार र दायितत्वका बारेमा मानव संशाधन मन्त्रालयले सुचना पुस्तीका प्रकाशन गरेको छ ।      

 

कुनै गु्नासो भएमा दर्ता गर्नुहोस्!

कुनै रोजगारीसम्वन्धी समस्या भएमा उपयुक्त सरकारी कार्यालय र यूनियनको रेकर्ड राख्नुहोस् । रोजगार सम्झौताको उल्लंघन भएमा वा श्रम सम्वन्धि कुनै अन्य समस्या भएमा मानव संशाधन मन्त्रालयमा अनलाइन माध्यमबाट गुनासो दर्ता गर्नुहोस् । याद राख्नुहोस् तपाईले तत्काल आफ्नो पद छोड्न पाउनु हुन्न, यसले तपाईको कामलाई अनियमित बनाइदिन सक्छ ।  

 

अन्य उपयोगि जानकारी

  • मानव संशाधन मन्त्रालय
  • रोयल ओमान पुलिस भिसाका प्रकारहरु