,....................... का लागि यो लेख हेर्नुहोस्

आप्रवासी श्रमिकलाई निरुत्साहित गर्दै ओमानिकरणको नीतिका बावजूद ओमानमा आप्रवासी घरेलु महिला कामदारको संख्या(अनुमानित १ लाख ५४ हजार) ठूलो छ । यी घरेलु कामदारहरु मुख्यगरी भारत, पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंका, ईण्डोनेशिया, फिलिपिन्स, ईथियोपिया तथा ताञ्जानियाका रहेका छन् । ओमानमा श्रम सम्वद्ध, श्रमिकका विषयहरु ओमानको मानव संशाधन मन्त्रालयको श्रम विभाग तथा जेनरल डिक्टोरेट अफ लेवर केयर(जीडीएलसी) ले हेर्ने गर्दछ । जीडिएलसीमा ६ वटा विभाग छन् जसले श्रम निरिक्षण देखि आप्रवासी कामदार भित्रियाउने कम्पनीहरुको निरिक्षणसम्मको काम गर्दछन् । ओमान सरकारले सन् २०१४ यता सामान्यतया बैंकबाट तलव भुक्तानी गर्नुपर्ने नियम अपनाएको छ । 

अन्य खाडीका मुलुकहरुमा जस्तै ओमानमा पनि आप्रवासी कामदारहरु उनीहरुका रोजगारदातासँग स्पोन्सरसीप प्रणाली, कफालाबाट बाँधिएका छन् । किनकी यस प्रणालीमा कुनै पनि श्रमिकले काम फेर्न वा ओमान छोडेर जान पनि रोजगारदाताको अनुमति लिनु पर्दछ जसले श्रमिकलाई धेरै चुनौति सिर्जना गर्दछ । कफाला प्रणालीकै कारण एउटा श्रमिकले आफ्नो रोजगारदाताले जतिसुकै शोषण गरेपछि उसको अनुमति विना कुनै अर्को रोजगारदातासँग दुई बर्षसम्म काम गर्न पाउँदैन । रोजगारदाताको अनुमति विना उसलाई छोडेमा उच्च जरिवाना, देश निकाला र पुनः ओमान प्रवेश गर्न नपाउने गरी बन्देज लाग्न सक्छ । यद्यपी रोजगारदाताले सम्झौता अवधिमा श्रमिकको स्वास्थ्य उपचार खर्च व्यहोर्नु पर्ने व्यवस्था ओमानको कानूनमा छ, तर पनि यसको पालना भएको पाइन्न । रोजगारदाताको सहमति विना आप्रवासी श्रमिकको आधारभूत कुराहरु(उदाहरणका लागि स्वास्थ्य उपचार) मा समेत पहुँच हुन्न । यसैगरी अन्य साझा समस्याहरुमा भेदभाव, बढी समय काम गर्न बाध्य पारिनु, रोजगारदाताले ज्यान मार्ने धम्की दिने, सञ्चारमा बन्देज, खानामा नियन्त्रणका साथै शारिरीक, मौखिक र यौन दुव्र्यवहार हुने गरेको छ । कतिपय घरेलु कामदारहरु उनीहरुको रोजगारदाता वा कम्पनीले मानव बेचविखनको माध्यमबाट प्राप्त गर्ने गरेको समेत भेटिन्छ । यसैगरी श्रमिकको राहदानी जवर्जस्ती खोसेर राख्ने , मनोमानी ढंगले श्रमिकको भिसा रद्ध गराइदिने, सम्झौतापत्र खारेज गर्ने(विशेषगरी विरामी भएको अवस्थामा) तथा श्रमिकलाई स्वदेश फर्किन अनुमति नदिने समस्या छ । 

यो अवस्थामा सन् २०१३ मा ४ हजार भन्दा धेरै गुनासोहरु ओमानको सरकारी निकायमा आप्रवासी श्रमिकले दर्ता गराएका थिए । यस्तो अवस्थामा आप्रवासी श्रमिकलाई स्थानीय अदालतमा मुद्धा गर्न बाध्य पारिने गरिएको छ जहाँ श्रमिक र रोजगारदाताबीच समान व्यवहार छैन । मानव बेचविखनमा परेर वा बाध्यकारी श्रममा लगाइएका महिलाका लागि अस्थायी आपास गृह पनि अत्यन्तै थोरै छन् । ओमानको सामाजिक सुरक्षा प्रणालीले आप्रवासी श्रमिकलाई समेट्दैन । यसैगरी न्यूनतम तलव नपाउने वा साप्ताहिक छुट्टी नपाउने समस्याको पनि अनुगमन प्रभावकारी रुपमा छैन । ओमानको श्रम कानूनले घरेलु कामदारलाई समेटेको छैन, यसैगरी घरेलु महिला कामदारलाई पुरुष कामदारको तुलनामा न्यून ज्याला दिईन्छ ।

आइटीयूसीको ग्लोवल राइट्स ईन्डेक्स अनुसार ओमानमा कामदारको अधिकार स्थीति हेर्न यहाँ क्लीक गर्नुहोस्