,....................... का लागि यो लेख हेर्नुहोस्

लेवननमा विदेशी श्रमिकको प्राथमिक रुप भनेको झण्डै २ लाख ५० हजार घरेलु कामदार रहेका छन् जो मुख्यगरी युवा महिला(उमेर २० देखि ३० बर्ष) को रहेका छन् । उनीहरु मुख्यगरी श्रीलंका, फिलिपिन्स, बंगलादेश तथा ईथियोपियाका रहेका छन् । मुलुकमा रहेको कफाला प्रणालीका कारण श्रमिकहरु उनीहरुका रोजगारदातासँग बन्धनमा परेका हुन्छन् । त्यसैले लेवनन छोड्न, रोजगारी परिवर्तन गर्न रोजगारदाताको अनुमति आवश्यक पर्दछ । घरेलु श्रमिकहरुले स्वतन्त्रतापूर्वक हिंड्डुल गर्न पाउँदैनन् । यसले श्रमिकलाई शोषणमा पार्ने जोखिम बढाउँछ । लेवननमा मुख्यगरी दुव्र्यवहार(मौखिक, शारिरीक तथा यौन) हुने, राहदानी कव्जा गरेर राख्ने तथा काम गरेका ज्याला नदिने समस्या हुने गरेको छ । आवश्यक परेको समयमा छुट्टी नपाउने, मनोरञ्जनका लागि समय नपाउने तथा रोजगारदाताको घरमा बन्धकजस्तै बस्नु पर्ने सामान्यतया श्रमिकले गर्ने गुनासो हुन् ।

यस्तो तनावका कारण लेवननमा काम गर्ने घरेलु श्रमिकमा मानसिक स्वास्थ्य समस्या तथा एचआइभी समेत देखिएको छ । हरेक हप्ता सरदर एकजनाको मृत्यु हुने लेवननमा सामान्यतया घरेलु श्रमिकहरुले आत्महत्याको प्रयास गर्ने वा आत्महत्या हुने गर्दछ । लेवननी तथा अन्य मुलुकका नागरिकलाई कानूनी सेवामा कुनै भेदभाव नगरिने कानूनी व्यवस्थाका वावजूद घरेलु कामदारहरुलाई पर्याप्त कानूनी सुरक्षा प्रदान गरिएको छैन ।

विशेषगरी घरेलु श्रमिक, कृषि क्षेत्रका श्रमिक, सार्वजनिक क्षेत्रमा काम गर्ने श्रमिक, पारिवारीक व्यवसायका श्रमिकहरुलाई लेवननको मौजूदा श्रम कानूनको पहुँच भन्दा बाहिर नै राखिएको छ जस्तै न्यूनतम ज्याला तथा विश्राम लगायतका कुरामा । रोजगारदाताको अनुमतिविना काम छोड्नु लेवननको कानून अनुसार दण्डनीय काम हो । लेवननको सुरक्षा विभागले गैर लेवननी नागरिक, न्यून आय हुने आप्रवासी श्रमिकका बालबालिकाको श्रम ईजाजत नविकरण नगर्न सक्ने भएका कारण उनीहरुको शिक्षादिक्षा, स्वास्थ्य सुविधा लगायतमा समस्या खेप्नु पर्ने हुनसक्दछ ।

आइटीयूसीको ग्लोवल राइट्स ईन्डेक्स अनुसार लेवननमा कामदारको अधिकार स्थीति हेर्न यहाँ क्लीक गर्नुहोस्