,....................... का लागि यो लेख हेर्नुहोस्

तलको तालिकाले आप्रवासी कामदार सम्वन्धि सान्दर्भिक राष्ट्रिय कानूनभर्ना प्रकृयालाई नियमित गर्ने व्यवस्थासुरक्षित 
बनाउन गरेका व्यवस्थाहरु(जस्तै पूर्व प्रस्थान तालिमबीमा योजना लगायतका बारेमा जानकारी समेटेको  

बर्ष

कानूनी व्यवस्था

विवरण

1962

सन् १९६२

देशीको प्रवेश, बसाई तथा बहिर्गमनलाई नियमन गर्ने सम्वन्धी सन् १९६२ जुलाईको कानून नं १०

 

लेवनन प्रवेश गर्न चाहनेहरुका लागि आवश्यक कागजातहरुको सूचि यसमा समावेश छ । यसरी प्रवेश गर्न चाहनेहरुले सवैभन्दा पहिले श्रम तथा सामाजिक मामिला मन्त्रालयबाट अनुमति लिएको हुनुपर्दछ । ट्राञ्जिट भिसा लिन चाहने विदेशीलाई १५ दिनसम्मको भिसा प्रदान गरिन्छ । सुरक्षा प्रवन्ध विभागले ६ महिनासम्मको आवास अनुमति सहितको भिसा प्रदान गर्न, त्यसलाई एक बर्षसम्मका लागि नविकरण गर्न वा तीन बर्षको आवास अनुमति पत्र प्रदान गर्न सक्ने व्ष्यवस्था यसले गरेको छ । कुनै विदेशीलाई राख्नेले त्यसको जानकारी विभागलाई दिनुपर्दछ । श्रम तथा सामाजिक मामिला मन्त्रालयबाट अनुमति नलिएका विदेशीलाई रोजगारी गर्न रोक लगाइएको छ । कलाकारहरुलाई प्रवेश, आवास तथा रोजगारीमा विशेष व्यवस्था छ । यसैगरी शरणार्थीहरुका लागि पनि यस कानूनमा विशेष व्यवस्था छ ।

1962

सन् १९६२

 

विदेशीको आगमन तथा बसाईलाई नियमन गर्ने सन् १९६२ जुलाईको कानून नं १० लाई कार्यान्वयन गर्ने सम्वन्धी सन् १९६२ जुलाई २८ को आदेश नं १०१८८(संशोधित रुप)

यस आदेशले विदेशमा रहेका लेवननी कुटनीतिक नियोगहरुबाट वा लेवननको सीमानामा आएपछि लेवननमा ट्राञ्जिट तथा अस्थायी बसोवासका लागि भिसा लिन पुरा गर्नुपर्ने सक्ने सम्वन्धी व्यवस्था गरेको छ । यस आदेशमा त्यस्तो भिसा तथा बसोवासको अनुमतिलाई लम्व्याउन, एकबर्षका लागि वा स्थायी बसोवास अनुमति प्रदान गर्न, रोजगारीका लागि अनुमति सहितको भिसा जारी गर्न वा कुनै पेशाको अभ्यास गर्न तथा त्यस्ता कार्यका लागि लाग्ने शुल्कका बारेमा यस आदेशमा व्यवस्था छ ।    

1962

सन् १९६२

 होटलका मालिकले सरकारी निकायलाई विदेशीको विवरण बुझाउनु  पर्ने सन् १९६२ जुलाई ३१ को आदेश नं ३०९

 

यस आदेशले विदेशीहरुलाई बस्न दिने होटलका मालिकहरुले पालना गर्नुपर्ने नियम, विदेशीहरुको विवरण सहित Sûreté générale (अनुसन्धान सम्वन्धी कार्य गर्ने प्रहरी विभाग)  मा बुझाउनु पर्ने फर्मको व्यवस्था गरेको छ ।

1962

सन् १९६२

 

लेवननमा प्रवेश तथा बहिर्गमनका समयमा सीमा क्षेत्रमा पालना गर्नुपर्ने नियम सम्वन्धी सन् १९६२ अगष्ट २ को आदेश नं ३२०

 

यस आदेशमा लेवनन प्रवेश गर्न चाहनेहरुका लागि आवश्यक पर्ने कागजातको बारेमा उल्लेख , केहि मुलुकका नागरिकका लागि विशेष व्यवस्था गरिएको , विशेष अवस्थामा आफूसँग आएको व्यक्तिको साथमा मात्र मुलुक छोड्न पाउने व्यवस्था गरिएको , साथै पानप्जहाज तथा हवाईजहाजका चालकदलका सदस्यहरुका लागि विशेष व्यवस्था

1962

सन् १९६२

 

लेवननमा रहेका विदेशीको अवस्थालाई नियमन गर्ने सन् १९६२ अगष्ट २ को आदेश नं ३१९(संशोधित)

 

यस आदेशले विदेशीको आवास अनुमति पत्रलाई व्यवस्थीत गर्ने विषय समेटेको छ

1962

सन् १९६२

 

जुलाई ३१, १९६२ को आदेश नं ३०९ ले निर्देशन गरेको व्यवस्थाका विशेषताहरु तय गर्ने सन् १९६२ अगष्ट ७ को आदेश नं ८२/२

 

यस आदेशले Sûreté générale (अनुसन्धान सम्वन्धी कार्य गर्ने प्रहरी विभाग) मा बुझाउनु पर्ने फर्ममा विदेशले उपलव्ध गराउनु पर्ने जानकारीहरु समेटिएको छ

1964

सन् १९६४

 

विदेशीको रोजगारीलाई नियमन गर्ने सन् १९६४ सेप्टेम्वर १८ को आदेश नं १७५६१

 

यस आदेशमा रोजगारीको उद्धेश्यले लेवनन प्रवेश गर्न चाहने विदेशीले पालना गर्नुपर्ने आवश्यक प्रकृया समावेश छ । यसले रोजगारदाताले अनिवार्य रुपमा पेश गर्नुपर्ने विदेशी कामदार ल्याउने अनुमतिपत्र, आप्रवासी श्रमिकद्धारा उपलव्ध सुचना, रोजगार सम्झौतापत्र, श्रम ईजाजतका लागि आवेदन दिने, श्रम ईजाजत दिने र नविकरण हुने अवस्था तथा आवश्यक काजगातका बारेमा यस आदेशमा उल्लेख छ ।

1965

सन् १९६५

 

पुर्व अनुमति, श्रम ईजाजत तथा नविकरणका लागि प्रस्तुत गर्नुपर्ने कागजातको सूची सम्वन्धी 

सन् १९६५ जुलाई २९ को आदेश नं ३१७/२

 

यस आदेशले पूर्वस्वीकृतिमा हुनुपर्ने कागजातहरुको सूची(विशेष गरी रोजगारदाताले रोजगारीका लागि उपलव्ध गराएको प्रमाण, नोटरी पव्लीक वा कुटनीतिक नियोगद्धारा प्रमाणित रोजगार सम्झौतापत्र) सम्वन्धी व्यवस्था गरेको छ । यसैगरी आवश्यक अन्य कागजात रोजगारीका लागि आउन चाहनेले बुझाएको हुनुपर्ने छ । अर्कातर्फ रोजगारदाताले श्रम ईजाजतका लागि आवेदन दिने व्यवस्था यसले गरेको छ । यसैगरी यस आदेशमा श्रम ईजाजतको नविकरणका लागि आवश्यक पर्ने कागजपत्रको सूची उपलव्ध गराउँछ ।

1965

सन् १९६५

 

घरमा काम गर्ने कामदारहरुलाई नियमन गर्ने सम्वन्धी सन् १९६५ अगष्ट ५ को आदेश नं ३३४

 

लेवननमा प्रवेश गर्न चाहनेले पूर्व स्वीकृति अनिवार्य रुपमा लिएको हुनुपर्ने यस आदेशमा उल्लेख छ । यसैगरी रोजगारदाताले आफूले रोजगारीमा राख्ने विदेशी श्रमिकलाई  स्वदेश फर्काउँदा लाग्ने लागत खर्च सहितको विवरण बुझाउनु पर्ने व्यवस्था पनि यस आदेशले गरेको छ ।

1968

सन् १९६८

 

 

सन् १९६६ नोभेम्वर १४ को आदेश नं ५९७० द्धारा चेम्वर अफ डिपुटीलाई प्रेषित गरिएको कानूनको मस्यौदालाई लागु गर्ने, सन् १९६२ सेप्टेम्वर १७ को कानूनका केहि भागलाई संशोधन गर्ने, श्रम संहिताको उल्लंघन गर्नेलाई हुने दण्ड सजाय सम्वन्धी व्यवस्था तथा सामाजिक सुरक्षा र विदेशीलाई श्रम ईजाजत विना रोजगारीम लगाउने सम्वन्धी व्यवस्थाका बारेमा सन् १९६९ मे ४ को आदेश नं ९८१६

 

 

 

 

यस आदेशले कुनै आप्रवासी कामदारलाई पूर्व अनुमति वा श्रम ईजाजत नलिई रोजगारीमा लगाएमा हुने न्यूनतम जरिवानाको व्यवस्था गरेको छ ।

1969

सन् १९६९

 

लेवननमा आवासका लागि विदेशीलाई प्रमाणपत्र दि ने सम्वन्धी सन् १९६९ सेप्टेम्वर २० को आदेश नं १३६

 

 

विदेशीलाई लेवननमा बस्न अनिवार्य हुने आवास अनुमतिको कार्ड प्राप्त गर्न ३ हप्ता भन्दा बढी समय लाग्छ । जोसँग सुरक्षा प्रवन्ध विभागद्धारा जारी अनुमतिपत्र प्राप्त गरेकाहरुलाई यस प्रकारको कार्ड आवश्यक पर्दैन । यद्यपी उनीहरुको ठेगाना परिवर्तन भएमा भनें यसका बारेमा सम्वन्धीत सरकारी कार्यालयमा त्यसको जानकारी गराउनु पर्दछ । यो आदेशले सन् १९६७ मे २३ को कानून नं ७९ लाई प्रतिस्थापित गर्दछ ।

1970

सन् १९७०

 

लेवननमा रोजगारी गर्ने विदेशीहरुको वर्गिकरण सम्वन्धी सन् १९७० फेब्रुअरी २ को आदेश नं ४२/२(संशोधित)

 

यस आदेशले श्रम ईजाजतको शुल्कका लागि विदेशी श्रमिकलाई चार वर्गमा वर्गिकरण गरेको छ । स्वरोजगार श्रमिक(व्यवसायीक, उद्योग क्षेत्र, बैंक वा पर्यटन) लाई या त पुँजीका आधारमा वा उनीहरुले गर्ने व्यवसायमा संलग्न हुने श्रमिकको संख्याका आधारमा तय हुने व्यवस्था गरिएको छ । कामदारहरुको वर्गिकरण उनीहरुले पाउने तलवका आधारमा हुने व्यवस्था छ ।  

1983

सन् १९८३

रा लेवननमा वास्तविक भूमि अधिग्रहणको अधिकारका सम्वन्धमा सन् १९८३ सेप्टेम्वर १६ को आदेश नं ११३

 

यो आदेशात्मक/कानुनले प्राकृतिक वा कानुनि व्यक्तिलाइ{ अनुमति प्राप्त गर्ने तथा अपवादहरु तोक्ने यी आधिकारहरु ग्रहण गर्न दिन्छ । विशेषगरी ४ जनवरी १९६९ को आदेश संख्या ११६१४ द्वारा जारी गरिएको कानुनलाइ{ पुनर्विचार/रद्द गर्दछ ।

1986

सन् १९८६

 ईजाजतमा लाग्ने कर सम्वन्धि सन् १९७० जनवरी १९ को कानून नं १/७० को दफा नम्वर २६, सन् १९८४ को आर्थिक कानूनको दफा २८ तथा तालिका ९ लाई संशोधन गर्ने सन् १९८६ सेप्टेम्वर २४ को कानून नं ४४/८६

 

यस कानूनले विदेशी कामदारलाई तिनको कृयाकलाप तथा तलवका आधारमा ४ भागमा वर्गिकरण गर्न करको दर तर गरेको छ । 

2003

सन् २००३

 

सन् १९६२ जुलाई २८ को आदेश नं १०१८८ का निश्चित प्रावधानहरुलाई संशोधन गर्ने सन् २००३ को आदेश नं १०९५५  

 

यस आदेशले सुरक्षा विभागका निर्देशकले तीन बर्षका लागि नविकरण हुनेगरी आवास अनुमति दिने असधकार प्रदान गरेको छ ।   

2005

सन् २००५

 

विदेशी श्रमिकको कामलाई नियमन गर्ने सन् १९६४ सेप्टेम्वर १८ को आदेश नं १७५६१ लाई संशोधन गर्ने सन् २००५ मार्च ४ को आदेश नं १४२६८  

 

यस आदेशले श्रम ईजाजत प्राप्त गर्ने तथा नविकरण गर्ने सम्वन्धी दफा १४ लाई संशोधन गरेको छ

2009

सन् २००९

 

त्रिपोली विशेष आर्थिक क्षेत्रमा विदेशी श्रमिकका लागि श्रम ईजाजत प्रदान गर्ने सम्वन्धी सन् २००९ जुन ११ को आदेश नं २२३२

 

यस आदेशले त्रिपोली विशेष आर्थिक क्षेत्रमा काम गर्न चाहने विदेशी श्रमिकले अनिवार्य रुपमा लेवनन आउनु अगाडी नै पुर्व अनुमति लिएको हुनुपर्ने व्यवस्था गरेको छ । यस्तो पूर्व अनुमति लिएकाहरुले १५ दिनभित्रमा श्रम ईजाजतका लागि अनुमति लिन आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । कस्ता आवेदकलाई ईजाजत दिने वा अस्वीकार गर्ने भन्ने बारेमा यस आदेशले शर्तहरु उल्लेख गरेको छ ।   

2010

सन् २०१०

 

लेवननमा प्रवेश तथा बसोवासलाई व्यवस्थीत गर्ने सन् १९६२ जुलाई २८ को आदेश नं १०१८८ लाई संशोधन गर्ने सन् २०१० मे ३१ को आदेश नं ४१८६

 

यस आदेशमा लेवननमा प्रवेश, बसोवास लगायतका विषयलाई व्यवस्थीत गर्ने सम्वन्धी विषयहरु समेटिएको छ ।

Source: Natlex