,....................... का लागि यो लेख हेर्नुहोस्

यद्यपी कुवेतले आप्रवासी श्रमिकको संख्या कम गर्ने उद्धेश्यले कुवेतीकरणको प्रवद्र्धन गर्दछ, कुवेतको केन्द्रीय तथ्याँक विभागले कुवेतको कुल जनसंख्या ४१ लाख मध्ये ७० प्रतिशत हिस्सा आप्रवासी श्रमिक रहेको देखाउँछ । कुवेतमा अनुमानित ६ लाख ६० हजार घरेलु श्रमिक कार्यरत रहेको देखिन्छ । घरेलु काममा बाहेक कुवेतमा निर्माण तथा सेवा क्षेत्रमा पनि आप्रवासी श्रमिकहरु कार्यरत छन । कुवेतमा सुरुमा दक्षिण एसियाली देशहरु मुख्य गरी भारत, श्रीलंका, बंगलादेश सँगै फिलिपिन्सबाट आप्रवासी श्रमिक भित्रिन थालेका थिए । कुवेतमा महिला आप्रवासी श्रमिकको संख्या ठूलो छ र कुल आप्रवासी श्रमिक मध्ये सवैभन्दा धेरै भारतीय(झण्डै २० प्रतिशत) रहेका छन् । खाडीका अन्य मुलुकहरुमा जस्तै कुवेतमा पनि कफाला प्रणाली छ जसले आप्रवासी श्रमिकलाई रोजगारदातासँग बाँध्ने काम गर्दछ । रोजगारदाताको अनुमति विना कुनै पनि आप्रवासी श्रमिकले आफ्नो रोजगारदाता परिवर्तन गर्न वा स्वदेश फर्किन पाउँदैनन् ।  

कफाला प्रणाली अन्तर्गत कुनै श्रमिक रोजगारदाता छोडेर भागेमा पक्राउ पर्ने र थुनामा पर्ने(बढीमा ६ महिनासम्म), ठूलो आर्थिक जरिवाना, देशनिकाला तथा पुनः ६ बर्षसम्म कुवेत आउने नपाउने गरी प्रतिवन्ध लाग्ने गर्दछ । आप्रवासी श्रमिकहरुले स्वदेश फर्किन कानूनी लडाई लड्नु पर्ने अवस्था आएमा त्यसका लागि आवश्यक पर्ने शुल्क तिर्न सक्दैनन् । रोजगारदाता र श्रमिकबीचको विभेदकारी अवस्थालाई कफाला प्रणालीले नै सहयोग गरेको छ जसले आप्रवासी श्रमिकमाथि सम्भावित शोषणको वातावरण निर्माण गर्दछ । नतिजा, साप्ताहिक छुट्टी वा काम गरिरहँदा पाउनु पर्ने आराम नगरी बढी समय काम गर्न आप्रवासी श्रमिकहरु बाध्य हुन्छन् । यसैगरी कुवेतमा आप्रवासी श्रमिकले भोग्ने अन्य समस्याहरुमा रोजगारदाताले राहदानी कव्जा गरेर राख्ने, मौखिक, शारिरीक तथा यान दुव्र्यवहार रहेका छन् । सन् २०१५ र २०१६ मा काम गरेको ज्याला नदिइएको वा ढिलो दिइएको विरोधमा निर्माण क्षेत्रका श्रमिकले हड्ताल गरेका थिए । सन् २०१४ मा ८ हजार व्यक्तिले ढिलो तलव दिइएको तथा राहदानी कव्जा गरेका गुनासो कुवेत सरकारलाई दर्ता गराएका थिए । यस्तो दुव्र्यवहारका कारण कुवेतमा आत्महत्याको संख्या ठूलो छ । सन् २०१३ मा कुवेतमा भएका आत्महत्या मध्ये ५६ प्रतिशत घरेलु श्रमिक रहेका थिए जो मुख्य गरी दक्षिण एसिया र अफ्रिकाका नागरिक थिए ।

आप्रवासी श्रमिकमाथि हुने यस्तै शोषणका कारण थुप्रै मुलुकले कुवेतमा आफ्ना देशका नागरिकलाई रोजगारीमा पठाउन बन्देज लगाए, उदाहरणका रुपमा फिलिपिन्सलाई लिन सकिन्छ । यो बन्देजले अनियमित बाटोबाट कुवेत भित्रिनेहरुको संख्या पनि देखियो जो मानव तस्करीमा परेर त्यहाँ पुगे । कुवेतले पछिल्ला केहि बर्षमा श्रम आप्रवासनलाई व्यवस्थीत गर्न (श्रमिकको अवागमनलाई व्यवस्थीत गर्ने, मानव तस्करी न्यूनिकरण गर्न तथा आप्रवासी श्रमिकको अधिकार रक्षा) आइओएमको सहयोगमा प्रयास गरेको छ । सन् २०११ मा कुवेत सरकारले कफाला प्रणाली अवलम्वनमा न्यूनिकरण गर्ने तथा ज्याला भुक्तानी प्रणाली(डव्लुपीएस) २०१५ मा घोषणा गर्यो । डव्लुपिएसले काम गरेको तलव नदिने समस्याको अन्त्य गर्ने लक्ष्य राखेको थियो साथै कुनै आप्रवासी श्रमिकले तलव नपाएको भएमा त्यो पुष्टि गर्ने सजिलो आधार बनाउन खोजियो । यद्यपी कुवेती नागरिकले झैं आप्रवासी श्रमिकको अधिकारलाई कुवेतमा अझै पनि कडाईपूर्वक हेरिन्न, पछिल्ला बर्षहरुमा कुवेतमा आप्रवासी श्रमिकको अधिकार रक्षाका क्षेत्रमा कामहरु भनें भएका छन् । उदाहरणका रुपमा न्यूनतम ज्यालाको अनुगमन, अतिरिक्त समय काम गरेको ज्याला भुक्तानी, दैनिक आराम गर्ने समय सहित १२ घण्टाको कार्यसमय तथा तलवी छुट्टी हुन् ।

आइटीयूसीको ग्लोवल राइट्स ईन्डेक्स अनुसार कुवेतमा श्रमिकको अधिकार स्थीति हेर्न यहाँ क्लीक गर्नुहोस्