यस नेपाल र दक्षिण कोरियाबीच भएको सम्झौताले  "सहयोगका लागि ठोस संरचना स्थापित गर्दछ […]नेपाली कामदारलाई दक्षिण कोरिया पठाउने प्रकृयालाई पारदर्शी बनाउन तथा क्षमता अभिबृद्धि गर्न, दक्षिण कोरियामा विदेशी कामदारहरुलाई रोजगार अनुमति प्रणाली (EPS) अन्तरगत पठाउने सन्दर्भमा दुवै पक्षहरुले पालना गर्नु पर्ने प्रावधानहरु तय गर्ने" गरेको छ । यस सम्झौताले भर्ना प्रकृयामा संलग्न निकायहरुले कामदार पठाउन लाग्ने शुल्क, भाषा तथा प्रारम्भिक शैक्षिक योग्यता, भर्ना तथा पठाउने प्रकृया तथा रोजगार सम्झौतासँग सम्बन्धित प्रावधानहरुलाई व्याख्या गरेको छ ।