Reviewed by
Hindi kilala
Oktubre 2023
वैदेशिक रोजगार यहाँबाट देखेजस्तो राम्रो छैन । मैले भनेकै काम र भनेकै तलव पाउँदा त कमाई खास भएन, मैले कति मान्छे काम नपाएर महिनौ बसेको देखेको छु ।
मलाई पठाउने मेनपावर ठिकठिकै हो । बुझेर, राम्रो मेनपावरमा सिधै गएर मात्र विदेश गए राम्रो । दलालको फन्दामा पर्न हुन्न ।
मलेसियामा म सन् २०१७ मा गएको थिएँ । फर्निचरको काम भनेर गएको थिएँ, काम र तलव भनेकै पाएँ । तर ओटी खासै भएन । त्यसैले कमाउन पनि सकिएन । म मलेसियाबाट फर्केपछि अर्को कुनै मुलुक जान सकिन्छ की भनेर विचार गर्दैछु ।