श्रमिकका भोगाई तथा भर्ना प्रकृयामा भएको अधिकार हनन्

अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) तथा माइग्रेण्ट फोरम इन एसियाले न्यायोचित भर्ना प्रकृयालाई प्रोत्साहन गर्न सहकार्य गर्दै आएका छन् । यी संस्थाहरुले आप्रवासी श्रमिकको अधिकार हननका घटनाहरु लिपिवद्द गर्दै उनीहरुको न्यायका लागि काम गर्दछन् । यसका लागि अनलाइन मार्फत गुनासो दर्ता गर्न सकिने माध्यम हाम्साको विकास तथा सञ्चालन गरिएको छ । हाम्साले अधिकार हनन भएका आप्रवासी श्रमिकलाई गुनासो दर्ता गर्ने र न्यायका लागि अपिल गर्ने अवशर प्रदान गर्दछ । यसले सहयोगी सामाजिक संस्थाहरु, यूनियनहरु मार्फत द्रुत सेवा पनि प्रदान गर्दछ । 
आफ्नो अधिकार हनन् भएमा यहाँ. गुनासो गर्न सक्नुहुन्छ ।

टुटेका बाचाहरु र दुखेको मन– श्रमिकको रोजगार यात्रा

 

Migrant workers reporting their case to migrant rights organisation to seek foe help
आप्रवासी श्रमिकहरु एक सामाजिक संस्थामा सहयोगका लागि छलफल गर्दै

हामीलाई गाउँमा मेनपावर कम्पनीलेको प्रतिनिधि (एजेन्ट) ले विदेशमा प्रतिमहिना ४ सय अमेरिकी डलर तलव हुने काम उपलव्ध हुने जानकारी दिएको थियो । उनीहरुले हामीलाई कागज कारखानाको काम भएको, दैनिक ८ घण्टा तथा हप्तामा ६ दिन काम गर्नुपर्छ भनिएको थियो । एजेण्टले हामीलाई कुनै पनि भर्ना शुल्क नलाग्ने तर त्यो हाम्रो तलवबाट कटौति हुने भनेको थियो ।                                                                                                

हाम्रो उडान हुनु एक साता अगाडी, हामी हाम्रो पूर्वप्रस्थान अभिमुखिकरण तालिमका लागि राजधानी आयौं । हामीले हाम्रो एजेण्टलाई हाम्रो सम्झौता पत्रका बारेमा सोध्यौं तर यसका बारेमा चिन्ता नगर्न भनियो र त्यो हामीले छिट्टै पाउँछौं भनियो ।                                                                                                
उडानको दिन, विमानस्थलमा हामीलाई सम्झौता पत्रमा सही गर्न भनियो । तर एजेण्टले हामीसँग बाचा गरे अनुरुपको सम्झौता पत्र थिएन । सम्झौता पत्रमा तलव केवल दुईसय अमेरिकी डलर मात्र थियो । हामीलाई भर्ना प्रकृयाको शुल्क वापतको भपाई एकसय अमेरिकी डलर बरावरको मात्र दिइयो जुन अहिले हामीसँग छ ।                                                                                                
हाम्रो अवस्था कल्पना गर्नुस् । तर त्यहाँ कुनै उपाय थिएन किनकी हामी विमानस्थलमा थियौं र उडानको लागि तयार थियौं । हामीले नयाँ रोजगारीबाट परिवारलाई मद्धत गर्न सक्छौं भन्ने हाम्रो परिवारको ठूलो आशा थियो ।                                                                                                
लामो उडानपछि हामी जव नयाँ रोजगारीमा आईपुग्यौं, हामीलाई अर्को एउटा सम्झौता पत्रमा हस्ताक्षर गर्न भनियो र त्यहि नयाँ सम्झौता पत्र सम्वन्धित निकायमा बुझाईने जानकारी दिइयो ।                                                                                                
सो सम्झौता पत्रमा हामी एउटा पाइप बनाउने कारखानामा काम गर्नेछौ भन्ने उल्लेख थियो र तलव मासिक २ सय अमेरिकी डलर लेखिएको थियो । हामीले सो सम्झौतापत्रको एकप्रति पाएनौं र रोजगारदाताले हाम्रो राहदानी (पासपोर्ट) आफैंसँग राखे ।                                                                                                
पाइप कारखानाको काम निक्कै कडा शारिरीक परिश्रमको काम थियो र हाम्रो स्वास्थ्य विग्रियो । हामीले विना अतिरिक्त पारिश्रमिक दैनिक १० देखि १२ घण्टा काम गर्नुपर्दथ्यो । पहिलो ६ महिनासम्मको सम्पूर्ण कमाई भर्ना प्रकृयामा लागेको खर्च तिर्नै नै लाग्यो ।                                                                                                

पहिलो कमाई स्वरुप हामीले काम गरेको सात महिनापछि पायौं, तर त्यो केवल १ सय अमेरिकी डलर थियो । हामीले रोजगारदातालाई किन हामीलाई सम्झौतापत्रमा उल्लेख भएभन्दा आधा मात्र तलव दिइयो भनेर सोध्यौं । आवास र खाना खर्च तलवबाट काटिएको हामीलाई बताइयो ।                                                                                                

हामी शक्तिहिन थियौं, हामीले काम परिवर्तन गरिदिन भन्यौं तर हामीलाई काम नगरेमा स्वदेश फर्काइदिने धम्की दिइयो ।                                                                                                
अन्ततोगत्वा हामीले परिवारलाई सम्पर्क गर्यौं र आप्रवासी श्रमिकलाई मद्धत गर्ने संस्थामा सम्पर्क गर्न भन्यौं । सो संस्थाले हामीलाई श्रम मन्त्रालयमा उजुरी गर्न सहयोग गर्यो । उनीहरुकै मद्धतले हामी हाम्रो तोकिएको तलव पाउन सफल भयौं ।                                                                                                
"हामीले रिक्रुटमेण्ट एडभाइजरको प्रयोग गरेको भए, हामीले रोजगारदाताहरु र एजेण्टहरुका बारेमा धेरै जानकारी पाउन सक्ने थियौं । हामीले भोगेजस्तो अरु श्रमिकले कहिल्यै भोग्नु नपरोस् । माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजरको प्रयोग गर्नुहोस् तथा तपाईको एक श्रमिकका रुपमा प्राप्त हुने अधिकारका बारेमा जानकारी लिनुहोस् । "

यो घटना माइग्रेण्ट फोरम इन एसियाको हाम्सामा दर्ता भएको हो । हाम्सामा श्रमिकको अधिकार हनन्का विषयमा गुनासो दर्ता गर्न सकिन्छ । हाम्सामा दर्ता भएका गुनासोहरु माइग्रेण्ट फोरम इन एसियाका सदस्य संस्थाहरु तथा यूनियनहरु मार्फत गुनासो सम्वोधनका लागि पहल गरिन्छ । गुनासो दर्ता गर्ने श्रमिकको सुरक्षाका लागि उनीहरुको नाम परिवर्तित गरिन्छ । तर घटना विवरण र तथ्यहरु भनें लुकाईंदैन । 

अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) तथा माइग्रेण्ट फोरम इन एसियाले न्यायोचित भर्ना प्रकृयालाई प्रोत्साहित गर्दछन् । यी कथाहरुले वैदेशिक रोजगारमा जान चाहनेहरुलाई उनीहरुको अनुभवबाट सिक्न सक्दछन् भन्ने उद्देश्यले प्रकाशित गरिएका हुन् । 

- तपाईको अनुभव रिक्रुटमेण्ट एडभाईजरमा बाँड्नुहोस् https://www.recruitmentadvisor.org/#

- तपाईलाई रोजगारीमा पठाउने एजेन्सीको समिक्षा गर्नुहोस्

- तपाईको अधिकारका बारेमा जानकार हुनुहोस्
- सहयोगका लागि कहाँ सम्पर्क गर्ने भन्ने जानकारी हासिल गर्नुहास् http://mfasia.org/online-complaints-form/

 
विना खाना थुनिनु पर्दा

मैले गरेकै जस्तो गल्ती नगर्नुहोस्, आफूले सेवा लिन चाहेको मेनपावर कम्पनी तथा सो कम्पनी मार्फत श्रमिक लिने रोजगारदाताका बारेमा जानकारी हासिल गर्न रिक्रुटमेण्ट एडभाइजर हेर्नुहोस् । 

म आफ्नो परिवारलाई सहयोग गर्न आवश्यक रकम कमाउन वैदेशिक रोजगारमा जान चाहन्थे ।                                                                                                
म बसेको ठाउँमा अत्यन्तै थोरै रोजगारीको अवसर थियो, र मेरो गाउँका प्राय: नातेदारहरु विदेशमा काम गर्दथे र उनीहरुलाई सहयोग गर्दथे ।                                                                                                

मेरो एकजना छिमेकीले मलाई विदेशमा मालीको काम उपलव्ध रहेको जानकारी दिए र सो काम गरेवापत मासिक तलव ३ सय डलर हुने बताए । मलाई काम खास गाह्रो नभएको बताइयो जसबाट मैले पर्याप्त मात्रामा रकम घर पठाउन सक्ने थिएँ ।                                                                                                
मैले एकजना एजेण्टलाई यो रोजगारी मिलाईदिने आश्वासनमा ६ सय अमेरिकी डलर तिरें                                                                                                
विदेश उड्नु एक महिना अगाडी मैले मेरो एजेण्टलाई सम्झौता पत्र तथा वर्क परमिटका बारेमा सोधे र कोरोना भाईरसले मेरो रोजगारीलाई कुनै असर गर्छ की गर्दैन भनेर सोधें । मैले कोरोना भाईरसका बारेमा समाचारबाट थाहा पाएको थिएँ । एजेण्टले म रोजगारीका लागि आउन चाहेको मुलुकमा कोरोना भाईरस नभएको बतायो र उडान हुनु भन्दा ठिक अगाडी रोजगार सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्ने थियो ।                                                                                                

उडान हुने दिन मलाई एउटा सम्झौता पत्रमा हस्ताक्षर गर्न भनियो, तर त्यहाँ मेरो मासिक तलव २ सय अमेरिकी डलर हुनेछ भनिएको थियो ।                                                                                                

म यसमा हस्ताक्षर गर्न चाहन्नथें, तर मैले सोचें मैले गर्नै पर्दछ किनकी मैले एजेण्टलाई ६ सय अमेरिकी डलर बुझाई सकेको थिएँ । एजेण्टसँग मैले भर्ना प्रकृयामा तिरेको ६ सय अमेरिकी डलरको भपाई मागें र एक सय डलरको भपाई पाएँ जुन मेरो मुलुकमा लिन पाइने अधिकतम रकम थियो ।                                                                                                

जव म मेरो गन्तव्यमा आईपुगें, मैले अर्को एउटा एजेण्टलाई भेटें र मलाई अर्को एउटा सम्झौतामा हस्ताक्षर गर्न भनियो । तर मैले त्यसको एकप्रति पाइन र मेरो राहदानी (पासपोर्ट) रोजगारदाताले राखे ।                                                                                                
जव मलाई काम गर्ने ठाउँमा पुर्याईयो, मैले थाहा पाएँ मेरो रोजगारी निर्माण क्षेत्रको थियो, मालीको होइन । मैले एक महिनासम्म दैनिक १२ घण्टाका दरले काम गर्नैपर्यो तर तलव भनें पाइन ।                                                                                                
मैले कुनै व्यवस्थीत आवास पाइन, निर्माणको काम भइरहेको स्थान नजिकै एउटा कोठा थियो जहाँ हामी १५ जना बस्थ्यौं ।                                                                                                
दुई महिना पछि, निर्माणको काम रोकिनेछ भनेर हामीलाई भनियो किनकी सरकारले कोरोना भाईरस फैलिन नदिन क्वारेण्टीनमा बस्नुपर्ने निर्देशन दिएको थियो ।                                                                                                

हामीलाई तीन हप्तासम्म आफू बसेको बासस्थानबाट बाहिर निस्कने अनुमति थिएन । कम्पनीले खाना पनि दिन छोडेका कारण हामी छटपटिएका थियौं ।                                                                                                

हामी खाना लिन बाहिर जान पनि सक्दैनथ्यौं किनकी प्रहरीले क्वारेण्टीनको नियम उल्लंघन गरेको अभियोगमा हामीलाई थुन्न सक्दथ्यो ।                                                                                                

हामीले हाम्रो अवस्थाको बारेमा फेसबुकमा फोटो हाल्यौं र मद्धतका लागि आग्रह गर्यौं ।                                                                                                
"हामीले रिक्रुटमेण्ट एडभाइजरको प्रयोग गरेको भए, हामीले रोजगारदाताहरु र एजेण्टहरुका बारेमा धेरै जानकारी पाउन सक्ने थियौं । हामीले भोगेजस्तो अरु श्रमिकले कहिल्यै भोग्नु नपरोस् । माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजरको प्रयोग गर्नुहोस् तथा तपाईको एक श्रमिकका रुपमा प्राप्त हुने अधिकारका बारेमा जानकारी लिनुहोस् । "

यो घटना माइग्रेण्ट फोरम इन एसियाको हाम्सामा दर्ता भएको हो । हाम्सामा श्रमिकको अधिकार हनन्का विषयमा गुनासो दर्ता गर्न सकिन्छ । हाम्सामा दर्ता भएका गुनासोहरु माइग्रेण्ट फोरम इन एसियाका सदस्य संस्थाहरु तथा यूनियनहरु मार्फत गुनासो सम्वोधनका लागि पहल गरिन्छ । गुनासो दर्ता गर्ने श्रमिकको सुरक्षाका लागि उनीहरुको नाम परिवर्तित गरिन्छ । तर घटना विवरण र तथ्यहरु भनें लुकाईंदैन । 

अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) तथा माइग्रेण्ट फोरम इन एसियाले न्यायोचित भर्ना प्रकृयालाई प्रोत्साहित गर्दछन् । यी कथाहरुले वैदेशिक रोजगारमा जान चाहनेहरुलाई उनीहरुको अनुभवबाट सिक्न सक्दछन् भन्ने उद्देश्यले प्रकाशित गरिएका हुन् । 

- तपाईको अनुभव रिक्रुटमेण्ट एडभाईजरमा बाँड्नुहोस् https://www.recruitmentadvisor.org/#

- तपाईलाई रोजगारीमा पठाउने एजेन्सीको समिक्षा गर्नुहोस्

- तपाईको अधिकारका बारेमा जानकार हुनुहोस्

- सहयोगका लागि कहाँ सम्पर्क गर्ने भन्ने जानकारी हासिल गर्नुहास् http://mfasia.org/online-complaints-form/

Migrant workers from different origin countries about to return home after seeking help for repatriation
विभिन्न मुलुकबाट आएका आप्रवासी श्रमिकहरु मद्दत प्राप्त भएपछि स्वदेश फर्किने तयारीमा

 

एक्लै पारिएको, भोकले तड्पिएको र कुटपीट गरिएको
Woman migrant domestic worker filling in a complaint form
एक घरेलु श्रमिक गुनासो दर्ता गर्दै

 

मैले गरेकै जस्तो गल्ती नगर्नुहोस्, आफूले सेवा लिन चाहेको मेनपावर कम्पनी तथा सो कम्पनी मार्फत श्रमिक लिने रोजगारदाताका बारेमा जानकारी हासिल गर्न रिक्रुटमेण्ट एडभाइजर हेर्नुहोस् । 

मेरो श्रीमान दृष्टिविहिन हुनुहुन्छ । त्यसैले मेरो परिवारको लागि आर्थिक उपार्जन गर्ने म एक्लो व्यक्ति हुँ । मैले परिवार पाल्ने यथेष्ट कमाई स्वदेशमा नै गर्न सकिन ।                                                                                

म सफाई कर्मचारी (क्लीनर) को रुपमा काम गर्दथे, दुई परिवारको लुगा धुन म सो घरमा हप्तामा तीनपटक जाने गर्दथे । मैले धेरै घण्टा काम गर्नु पर्दथ्यो तर पनि मेरो परिवारको आवश्यकता पुरा गर्न मैले अझ धेरै कमाउनु थियो ।                                                                                
त्यसपछि मैले छिमेकीबाट एउटा व्यक्ति (बोलिचालिको भाषामा एजेण्ट) हाम्रै गाउँमा रहेको थाहा पाएँ जसले गाउँका व्यक्तिहरुलाई वैदेशिक रोजगारमा जान मद्धत गरेको थियो ।                                                                                

सो व्यक्ति (एजेण्ट) ले मसँग मासिक ३ सय अमेरिकी डलर कमाई हुने काम दिलाइदिने आश्वासन दियो जुन मलाई घरखर्च पठाउन पर्याप्त हुन्थ्यो । तर त्यसका लागि मैले ७५० अमेरिकी डलर भर्ना शुल्क तिर्नुपर्यो । उसले सो रकम मेरो भिषा, हवाई टिकट, स्वास्थ्य परीक्षण तथा तालिमका लागि लाग्ने बतायो ।                                                                                

एजेण्टलाई तिर्ने रकमका लागि हामीले हाम्रो सानो पारिवारिक फर्म बन्धकी राख्नुपर्यो । तर कुनै पनि तालिम वा पूर्वप्रस्थान अभिमुखिकरण तालिम दिइएन ।                                                                               

मेरो उडान हुनु दुईदिन अगाडी, म राजधानी आएँ र मेनपावर कम्पनीको कार्यालयमा बसें । कार्यालयमा मलाई उनीहरुले रोजगार करार पत्रमा सही गर्न भने जसमा के लेखिएको छ भन्ने मैले बुझ्न सकिन किनकी त्यसमा लेखिएको भाषा म बुझ्दिनथिएँ ।                                                                                

मसँगै यात्रा गर्नेमा अन्य १० जना महिला पनि थिए, सवै घरेलु श्रमिक । जव हामी अर्को मुलुकमा आईपुग्यौं, हामी सिधै ति घरहरुमा गयौं जहाँ हामीले काम गर्नु पर्दथ्यो । कुनै तालिम वा अभिमुखिकरण तालिम भएन ।                                                                                
मैले गर्नुपर्ने कामले म पुरै थकित हुन्थें । म तीनवटा फरक–फरक घरहरुमा गरेर दैनिक १५ घण्टा काम गर्दथें, खाना बनाउने तथा सरसफाईको । मैले कहिल्यै साप्ताहिक छुट्टी पाइन तथा मलाई परिवारसँग सम्पर्क गर्न मोवाईल फोन प्रयोग गर्ने अनुमति थिएन ।                                                                                

यो क्रम तीन महिना चल्यो र दु:खको कुरा के भयो भनें मैले काम गरेको तलव पनि पाइन । चौथो महिला, मैले मेरो एजेन्सी जसले मलाई रोजगारीमा लगाइदिएको थियो उसलाई अन्यत्रै काममा लगाईदिन आग्रह गरें, किनकी तीनवटा घरहरुमा काम गर्नु असाध्यै गाह्रो थियो ।                                                                                

त्यसपछि शारिरीक दुव्र्यवहार सुरु भयो । मलाई एउटा अर्को रोजगारदाताकोमा सारियो जसले मलाई पिट्थे र खान पनि थोरै दिईन्थ्यो । मैले कुनै साप्ताहिक छुट्टी विना नै दैनिक धेरै घण्टा काम गर्नु पर्दथ्यो ।                                                                                
पाँच महिनापछि अन्तत: मैले तलव पाएँ, तर म आश्चर्यचकित भएँ, मलाई केवल १५० डलर मात्र दिइएको थियो । मेरो रोजगारदाताले सो रकम काम लगाईदिने एजेन्सीसँग भएको सहमति अनुसारकै भएको बताए ।                                                                                
आएको १० महिनापछि म अत्यन्त डराएकी थिएँ र हतास थिएँ । मैले एउटा संस्थामा सम्पर्क गरें जसले आप्रवासी श्रमिकलाई मद्धत गर्दछ । म अझ धेरै शोषण सहन सक्ने अवस्थामा थिइन । म दुव्लाएकी थिएँ र मेरो पाखुरा र शरिरको पछिल्लो भागमा चोटहरु थिए ।                                                                                

"हामीले रिक्रुटमेण्ट एडभाइजरको प्रयोग गरेको भए, हामीले रोजगारदाताहरु र एजेण्टहरुका बारेमा धेरै जानकारी पाउन सक्ने थियौं । हामीले भोगेजस्तो अरु श्रमिकले कहिल्यै भोग्नु नपरोस् । माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजरको प्रयोग गर्नुहोस् तथा तपाईको एक श्रमिकका रुपमा प्राप्त हुने अधिकारका बारेमा जानकारी लिनुहोस् । "

यो घटना माइग्रेण्ट फोरम इन एसियाको हाम्सामा दर्ता भएको हो । हाम्सामा श्रमिकको अधिकार हनन्का विषयमा गुनासो दर्ता गर्न सकिन्छ । हाम्सामा दर्ता भएका गुनासोहरु माइग्रेण्ट फोरम इन एसियाका सदस्य संस्थाहरु तथा यूनियनहरु मार्फत गुनासो सम्वोधनका लागि पहल गरिन्छ । गुनासो दर्ता गर्ने श्रमिकको सुरक्षाका लागि उनीहरुको नाम परिवर्तित गरिन्छ । तर घटना विवरण र तथ्यहरु भनें लुकाईंदैन । 

अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) तथा माइग्रेण्ट फोरम इन एसियाले न्यायोचित भर्ना प्रकृयालाई प्रोत्साहित गर्दछन् । यी कथाहरुले वैदेशिक रोजगारमा जान चाहनेहरुलाई उनीहरुको अनुभवबाट सिक्न सक्दछन् भन्ने उद्देश्यले प्रकाशित गरिएका हुन् । 

- तपाईको अनुभव रिक्रुटमेण्ट एडभाईजरमा बाँड्नुहोस् https://www.recruitmentadvisor.org/#

- तपाईलाई रोजगारीमा पठाउने एजेन्सीको समिक्षा गर्नुहोस्

- तपाईको अधिकारका बारेमा जानकार हुनुहोस्

- सहयोगका लागि कहाँ सम्पर्क गर्ने भन्ने जानकारी हासिल गर्नुहास् http://mfasia.org/online-complaints-form/

Jisajili

Already an account ?Ingia
Register with Facebook
Or