समिक्षा लेख्न
रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) मा ति श्रमिकले मात्र कुनै मेनपावर कम्पनीको समिक्षा लेख्न पाउँछन् जसले विगतमा सो मेनपावर कम्पनीबाट सेवा लिएका छन् र जुन कुरा उनीहरु अन्य श्रमिकसँग बाँड्न चाहन्छन् । यसरी समिक्षा लेख्नयोग्य व्यक्तिहरुः
१. ति श्रमिक जो हाल पनि स्वदेशमा नै छन् तर उनीहरुले कुनै मेनपावर कम्पनीको सेवा लिइसकेका छन् ।
२. ति श्रमिक जो बैदेशिक रोजगारका क्रममा गन्तव्य मुलुकमा छन् ।
३. ति श्रमिक जो बैदेशिक रोजगारबाट स्वदेश फर्किसकेका छन् ।
हामी तपाईको वैदेशिक रोजगारको भर्ती अनुभव अरुसम्म पु¥याउन ईच्छुक छौं । हामी तपाईले हाम्रो वेभसाईट र अन्य श्रमिकलाई गर्नुभएको सहयोगको उच्च कदर गर्दछौं । यसका साथै हामी सुनिश्चित गर्न चाहन्छौं की रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) सवै श्रमिकका लागि विश्वासयोग्य सुचनाको श्रोत हो । हामीलाई यो प्राप्त गर्न कृपया तपाईको समिक्षा यसअनुसार दिनुहोला:
क) सान्दर्भीक
तपाईको समिक्षा सान्दर्भीक हुन आवश्यक छ र सहयोगि हुन जरुरी छ जो अन्य श्रमिकले पढेर कुनै मेनपावर कम्पनीका बारेमा जानकारी प्राप्त गरुन् । यसका लागि कृपया असान्दर्भीक जानकारीहरु समावेश नगर्नुहोला । उदाहरणका लागि राजनीतिक तथा सामाजिक विषयमा तपाईका व्यक्तिगत विचारहरु अप्रासँगिक हुनेछन् । यदि रिक्रुटमेण्ट एडभाइजर, यसको समिक्षा परिक्षण लगायतमा तपाईको कुनै प्रश्न वा टिप्पणी भएमा हामीलाई info@recruitmentadvisor.org मा ईमेल गर्न सक्नुहुन्छ ।
ख) निश्पक्ष
रिक्रुटमेण्ट एडभाइजरले कुनै पनि व्यक्ति वा संस्था जसले कुनै मेनपावर कम्पनी सञ्चालन वा व्यवस्थापन गर्दछ उनीहरुलाई आफ्नो कम्पनी वा प्रतिस्पर्धी अन्य कुनै कम्पनिको समिक्षा लेख्न अनुमति दिंदैन । यसैगरी समुहमा पठाइएको समिक्षाहरु पनि प्रकाशित हुनेछैन । यदि कुनै समिक्षामा तपाईलाई शंका लागेमा वा त्यसले रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) को निर्देशिका पालना नगरेको शंका लागेमा हामीलाई info@recruitmentadvisor.org मा ईमेल गर्नुहोला ।
ग) प्राथमिक
श्रमिकहरु तपाईको वैदेशिक रोजगारको क्रममा भोगेको अनुभव सुन्न चाहन्छन् । यसको अर्थ तपाईले सुनेको, हल्ला, वा अरु कसैले भनेको कुरा होइन । त्यसैले तपाईको समिक्षामा अरुले भनेका कुरा नराख्नुहोला । कृपया तपाईले वैदेशिक रोजगारमा भर्ती हुने क्रममा भोगेको, अनुभव गरेको कुरा मात्र हामीसँग बाँड्नुहोस् । तपाईको अनुभव भनें विस्तृतमा बाँड्नुहोस् ताकी तपाईको अनुभवले अन्य श्रमिकले लाभ प्राप्त गरुन् ।
घ) गैह्र व्यापारिक
साथिले साथिलाई जानकारी दिने शैली अपनाएको रिक्रुटमेण्ट एडभाइजरले कसैको व्यवसाय वा सेवाको प्रचार गर्ने उद्धेश्य राख्दैन । कृपया कसैको प्रचार गर्ने व्यवसायीक सामग्री, रोजगारीको अनुरोध जस्ता कुरा समावेश नगर्नुहोस् । हामी त्यस्ता कुनै पनि सामग्री प्रकाशन नगर्ने अधिकार राख्दछौं । यसैगरी अन्य कुनै वेभसाइटको लिंक राखिएका समिक्षाहरु पनि हामी प्रकाशन गर्नेछैनौं ।
ङ) गोपनियताको सम्मान
हामी तपाई तथा हाम्रो सुचिमा समावेश रहेका मेनपावर कम्पनीको गोपनियताको सम्मान गर्दछौं । हामी चाहन्छौं की तपाईको भर्ती प्रकृयाको सम्पूर्ण कुरा हामीलाई भन्नुहोस् तर व्यक्तिगत जानकारी र सुचनाहरु आफैंसँग राख्नुहोस् । कृपया फोन नम्वर, घरको ठेगाना तथा ईमेल ठेगाना उल्लेख नगर्नुहोस् । हामी तपाईको नाम त प्रकाशित गर्नेछौं तर थर उल्लेख हुनेछैन । यसैगरी कुनै एजेन्सीको तर्फबाट दिइएको जवाफमा सो एजेन्सी सञ्चालकको थर उल्लेख हुनेछ । कुनै समिक्षा जसमा वित्तिय कुरा उल्लेख हुनेछ, त्यसलाई हटाइनेछ ।
च) रिक्रुटमेण्ट एडभाइजरद्धारा सुचिकृत
हरेक समिक्षाहरु ति मेनपावर कम्पनीहरुसँग सिधै जोडिएका हुन्छन् जो रिक्रुटमेण्ट एडभाइजरको सूचीमा हुन्छ । त्यसैले आफूले सेवा लिएको वा आफ्नो मेनपावर कम्पनी सूचीमा समावेश छ वा छैन हेर्नुहोस् ।
यदि तपाईको मेनपावर कम्पनी सूचीमा नभएमा हामीलाई जानकारी गराउनुहोस् । कृपया हामीलाई सम्पर्क गर्न यहाँ क्लीक गर्नुहोस् ताकी हामीले अनुसन्धान गरेर सुचिलाई अद्यावधिक गर्न सक्दछौं । कृपया सकेसम्म धेरै सुचना, जानकारी दिनुहोस् जस्तै व्यवसायीक नाम, रजिष्ट्रेशन नम्वर, सम्पर्क तथा काम गर्ने स्थान । आफ्नो मुलुकमा भन्दा बाहिर कामदार पठाउने कम्पनीहरुको नामावली मात्र सूचीमा समावेश गरिन्छ ।
छ) पढ्न सरल
कृपया समिक्षा लेख्दा सही अक्षरको प्रयोग गर्नुहोस् र कुनै मेसिनद्धारा अनुवाद गरिएको शव्द, वाक्य प्रयोग नगर्नुहोस् ताकी त्यसलाई सहज हिसावमा पढन् सकियोस् । कुनै एचटीएमएल ट्याग, कुनै क्षेत्र विशेषको बोलिचालीको भाषा प्रयोग नगर्नुहोस् ।
ज) गैर आपत्तिजनक
तपाईको समिक्षामा कानुनविपरितको, अपमानजनक, अश्लील, उत्पीडक, धम्कीपूर्ण, व्यक्तिगत रूपमा अपमानित गर्ने सामग्री समावेश नगर्नुहोस् ।
Recruitment Advisor (रिक्रुटमेण्ट एडभाइजर) ले कुनै पनि समिक्षा वा कुनै मेनपावर कम्पनीको प्रतिकृया जुनसुकै समयमा पनि र जुनसुकै कारणले पनि हटाउने अधिकार सुरक्षित राख्दछ । रिक्रुटमेण्ट एडभाइजरमा पोष्ट गरिएका समिक्षाहरु व्यक्तिगत हुन् ।
हामी यस वेभसाईटमा सुचिकृत वा सुचिकृत नभएका कुनै पनि मेनपावर कम्पनीसँग सम्वन्धित छैनौं । हाम्रो गोपनीयतासम्वन्धि नीति अनुरुप हामी कसैको पनि व्यक्तिगत सम्पर्क सार्वजनिक गर्दैनौं ।
समिक्षा परिक्षण तथा गलत कार्य पत्ता लगाउने
१= के रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) ले समिक्षाहरुलाई परिक्षण गर्दछ ?
- हो, रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) ले समिक्षा निर्देशिका अनुसार भए नभएको यकिन गर्न समिक्षाहरुको परिक्षण गर्दछ ।
२. रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) ले कसरी समिक्षाहरुको गुणस्तर सुनिश्चित गर्दछ ?
- हामीसँग समिक्षाहरुको परिक्षण गर्ने समुह छ जसले प्रश्नसुचक समिक्षाको परिक्षण गर्दछ । रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) का प्रयोगकर्ताहरुले समेत शंकास्पद समिक्षाहरुको परिक्षण गर्न मोडरेटरहरुलाई सचेत गराउन सक्छन् ।
३. के रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) ले सकारात्मक वा नकारात्मक समिक्षाहरु प्रकाशित गर्दछ ?
- हाम्रो निर्देशिका अनुसार लेखिएका सकारात्मक वा नकारात्मक दुवै प्रकारका समिक्षालाई रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) ले प्रकाशित गर्दछ । हामी समिक्षालाई तोडमोड गर्ने काम गर्दैनौं ।
४. रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) मा मेनपावर कम्पनीहरुको स्तर निर्धारण कसरी हुन्छ ?
- श्रमिकले दिएको जवाफका आधारमा स्वचालित रुपमा सो मेनपावर कम्पनीको स्तरनिर्धाण हुने गर्दछ । त्यसका लागि अपनाइएको पद्धतीका बारेमा तपाइले यहाँ क्लीक गरेर जान्न सक्नुहुन्छ । समिक्षाका लागि सोधिने प्रश्नहरु अन्तरष्ट्रिय श्रम संगठन (आइएलओ) को फेयर रिक्रुटमेण्ट सम्वन्धि अन्तराष्ट्रिय मापदण्ड र अधिकारमा आधारित छन् ।
५. रिक्रुटमेण्ट एडभाइजरमा कुन कृयाकलाप गलत ठहरिन्छन् ?
क) कुनै मेनपावर कम्पनीका सञ्चालकले आफ्नो कम्पनीको प्रतिष्ठा बढाउन गर्ने यस्ता प्रयासहरुः
आफ्नै मेनपावर कम्पनीका लागि समिक्षाहरु लेखेर पठाउनु
- साथि वा आफन्तलाई आफ्नो कम्पनीका बारेमा सकारात्मक समिक्षाहरु लेखेर पठाउन लगाउनु/श्रमिकको नाममा समिक्षा पठाउनु,
- रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) का प्रयोगकर्तालाई कुनै नकारात्मक समिक्षा भएमा हटाउन दवाव दिनु,
- समिक्षाहरुको बदलामा कुनै सहुलियत वा विशिष्ट सत्कारको प्रस्ताव गर्नु,
- गलत समिक्षा भर्न अन्य कसैलाई लगाउनु वा नियुक्त गर्नु
ख) कुनै मेनपावर कम्पनीको सञ्चालकद्धारा प्रतिस्पर्धीको प्रतिष्ठा गिराउने अभिप्रायले नकारात्मक समिक्षा प्रेशित गर्नु ।
६. कुनै एजेन्सी (मेनपावर कम्पनी) ले गलत समिक्षा प्रेशित गरेको थाहा पाएमा रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) ले के गर्दछ ?
- यदि हामीले कुनै मेनपावर कम्पनीको बारेमा गलत समिक्षा प्रेशित गरिएको हो भन्ने निर्धारित गर्यौं भनें एजेन्सीको जानकारी सम्वन्धि पृष्ठमा सो समिक्षा संदेहास्पद छ भन्ने जानकारी देखिनेछ । यसरी हामी श्रमिकले बढी भन्दा बढी सहि जानकारी लिन सकुन् भनेर प्रयत्न गर्दछौं ।
७. वेभसाइटका प्रयोगकर्ताहरुले कसरी सम्भावित गलत कार्यका बारेमा रिक्रुटमेण्ट एडभाइजरलाई सचेत बनाउन सक्छन् ?
- कुनै पनि एकपक्षिय सामग्रीका बारेमा जानकारी गराउन कृपया हामीलाई info@recruitmentadvisor.org मा ईमेल गर्नुहोला । हामी तपाईको सुचनाको विश्लेषण गर्नेछौं तथा कुनै कारवाही आवश्यक भएमा त्यो गर्नेछौं । कृपया हामीलाई मिति, समिक्षाको शिर्षक तथा अन्य सुचनाहरु जसले हामीलाई मद्धत गर्नेछन् पठाउनुहोला । हामी हाम्रो वेभसाइटका प्रयोगकर्ताहरुको सहयोगको सराहना गर्दछौं ।