RecruitmentAdvisor (भर्ती सल्लाहकार) बैदेशिक रोजगारीको खोजी गरिरहेकाहरुका लागि एजेन्सी(मेनपावर कम्पनी) हरु तथा श्रमिक अधिकारका बारेमा जानकारी हासिल गर्ने थलो(मञ्च) हो । यसले त्यस्ता जानकारीहरु सहजरुपमा प्रदान गर्दछ । हाम्रो विश्वास छ– भर्ती प्रकृयामा अनुभवी श्रमिकहरु नै सर्वश्रेष्ठ सल्लाहकार हुन् ।  

१. श्रमिकको समिक्षाका आधारमा तयार पारिएको एजेन्सी(मेनपावर कम्पनी) हरुको रेटिङ(स्तरमापन) हेर्नुहोस् ।

२. तपाई जुन मुलुकमा रोजगारीका लागि जाँदै हुनुहुन्छ त्यहाँ तपाईले प्राप्त गर्ने अधिकारका बारेमा जानकारी लिनुहोस् ।

३. तपाईको अधिकार हनन् भएमा सहायताका लागि मद्धत माग्नुहोस् ।   

   हाम्रो तर्फबाट तपाई सवैलाई मर्यादित रोजगारीको शुभकामना ।

संलग्न संस्थाहरु

Recruitment Advisor (भर्ती सल्लाहकार) वैदेशिक रोजगारीको खोजी गरिरहेकाहरुका लागि एजेन्सी (मेनपावर कम्पनी) हरु तथा श्रमिक अधिकारका बारेमा जानकारी हासिल गर्ने थलो (मञ्च) हो । यसले त्यस्ता जानकारीहरु सहजरुपमा प्रदान गर्दछ । हाम्रो विश्वास छ– भर्ती प्रकृयामा अनुभवी श्रमिकहरु नै सर्वश्रेष्ठ सल्लाहकार हुन् । 

१. श्रमिकको समिक्षाका आधारमा तयार पारिएको एजेन्सी (मेनपावर कम्पनी) हरुको रेटिङ (स्तरमापन) हेर्नुहोस् ।

२. तपाई जुन मुलुकमा रोजगारीका लागि जाँदै हुनुहुन्छ त्यहाँ तपाईले प्राप्त गर्ने अधिकारका बारेमा जानकारी लिनुहोस् ।

तथ्याँकको गोपनियता तथा सुरक्षा नीति

रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) मा हामी तपाईले उपलव्ध गराउनु भएको व्यक्तिगत जानकारीको गोपनियता तथा सुरक्षालाई महत्व दिन्छौं । तपाईको जानकारी पठाउनु अगाडी कृपया यो नीति ध्यानपूर्वक अध्ययन गर्नुहोस् ।

नियम तथा शर्तहरु

हाम्रो नियम तथा शर्तहरुले कुनै मेनपावर कम्पनीको समिक्षा लेख्ने श्रमिकलाई सो क्रममा पालना गर्नुपर्ने निर्देशिका, समिक्षा परिक्षण, कुनै गलत कार्य भएको भएमा पत्ता लगाउने विषय लगायतका बारेमा समेट्दछ । विस्तृतमा तल जानकारी दिइएको छः

जानकारी

रिक्रुटमेण्ट एडभाइजरको निर्माण अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी), अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ), स्वीस एजेन्सी फर डेभलपमेण्ट एण्ड कोअपरेशन (एसडीसी) तथा युरोपियन युनियन (ईयू) को सहकार्यमा सम्भव भएको हो । यस वेभसाइटमा व्यक्त विचारहरु पूर्ण रुपमा सम्वन्धित व्यक्तिहरुकै हुन् । तिनिहरुले आइटीयूसी, आईएलओ, एसडीसी तथा ईयू तथा अन्य सहयोगि संस्थाहरुलाई प्रतिनिधित्व गर्दैनन् । 

बाध्यकारी श्रम समाप्त गर्न

विभिन्न देशका ट्रेड यूनियनहरुसँग मिलेर हाम्रो समुहले Recruitment Advisor नामको साझा मञ्च तयार पारिएको छ जसको उद्धेश्य आप्रवासी श्रमिकको क्षमता बृद्धि गर्नु र उनीहरुलाई सुरक्षित बनाउनका साथै उनीहरुको ट्रेड यूनियन अधिकारको अभिवृद्धि गर्नु हो । र्वैदेशिक रोजगार (आप्रवासन) को प्रकृयामा संलग्न भएका श्रमिकहरुले आफ्नो अनुभव बाँडेर तथा आफूले सेवा लिएको संस्था (मेनपावर कम्पनी) को सेवाको स्तर निर्धारण गरेर आइएलओको न्यायोचित भर्ना प्रकृया सम्वन्धि सामान्य सिद्धान्त तथा कार्यविधिलाई प्रोत्साहन गर्न सक्दछन् ।

श्रमिकको भर्ना प्रकृयामा भएका अधिकार हनन सम्वन्धि प्रतिनिधिमूलक कथाहरु

गुनासो दर्ता गर्ने सम्वन्धि हाम्सामा आप्रवासी श्रमिकले दर्ता गरेका भर्ना प्रकृयामा भोग्दै आएका साझा समस्या (अधिकार हनन् सम्वन्धि) प्रतिनिधिमुलक जानकारीहरु

वैदेशिक रोजगारको अनुभव संगालेका नेपाली श्रमिकको भर्ना प्रकृया र गन्तव्य मुलुकको रोजगार अनुभव

रिक्रुटमेण्ट एडभाइजरका प्रयोगकर्ता श्रमिकहरुद्दारा आफूले सेवा लिएका मेनपावर कम्पनीहरु तथा गन्तव्य मुलुकमा गरेको रोजगारीको विषयमा गरेको समिक्षा सम्वन्धमा गरिएको अध्ययन प्रतिवेदन
मुख्य साराँश

Analysis of recruitment reviews (KENYA)

The analysis report prepared by Caroline Mugalla the Executive Secretary of East African Trade Union Confederation (EATUC) focused on key findings, conclusion, lessons and way forward. As at the time of analyzing web platform report, 479 reviews had been shared by Kenyan migrant workers.