३० मार्च २०२१ म अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) ले अन्तराष्ट्रिय श्रम संगठन –आईएलओ) सँगको साझेदारीमा प्रविधि तथा वैदेशिक रोजगार: रिक्रुटमेण्ट एडभाइजरको विषयमा जानकारी सम्वन्धि भर्चुअल रुपमा अन्तराष्ट्रिय कार्यशाला आयोजना गर्यो ।

सो कार्यक्रममा १ सय १४ जनाको सहभागिता रहेको थियो भनें प्रत्यक्ष रुपमा ५ सय ८५ जनाले सो कार्यक्रमको भिडियो हेरेका थिए । कोभिड १९ को विश्वव्यापी महामारी भन्दा अगाडी यस्तो छलफल कार्यक्रम प्रत्यक्ष रुपमा व्यक्तिहरुलाई आमन्त्रण गरेर आयोजना गर्ने गरिन्थ्यो । तर पनि कठिन समयका ववजूद हामीले अनलाईन माध्यमबाट यस्तो महत्वपूर्ण छलफल गर्न र एकापसमा विचार तथा सुचना, जानकारी आदानप्रदान गर्ने काम गर्यौं ।

प्रविधिको बढ्दो प्रयोग

धेरै आप्रवासी श्रमिकले कोभिडको महामारीका वीच प्रविधिको प्रयोग गर्ने अभ्यासमा बृद्दि भएको छ । श्रमिक कार्यरत धेरै मुलुकहरुले संक्रमित पहिचानका लागि मोवाइल एप्सको निर्माण गरे र त्यसको प्रयोग अनिवार्य बनाए । यसले पनि प्रविधिको प्रयोगलाई बढावा दिने काम गर्यो । यो सन्दर्भमा आयोजना गरिएको यस वेबेनायरले कसरी वैदेशिक रोजगारको क्षेत्रमा प्रविधिको प्रयोग हुँदै छ तथा विभिन्न संघसंस्थाहरु त्था निकायहरुले प्रविधिको प्रयोग गरिरहेका छन् भन्ने जानकारी एकापसमा बाँड्ने काम गर्न मद्दत गर्यो ।

सो वेबेनायर वैदेशिक रोजगारको यात्राका विषयमा केन्द्रीत थियो । पछिल्लो केहि दशकयता अन्तराष्ट्रिय समुदायका लागि वैदेशिक रोजगारको विषय मुख्य चासो मध्येको एक भएको छ । श्रमिक माथि हुने शोषण तथा दुव्र्यवहार रोक्न विभिन्न संघसंस्थाहरुले विविध रुपमा काम गर्दै आएका छन् । अन्तराष्ट्रिय श्रम संगठनको न्यायोचित भर्ना सम्वन्धि सामान्य सिद्दान्त तथा कार्यविधि अनुरुप आईटीयूसीले रिक्रुटमेण्ट एडभाइजरलाई एउटा औजारका रुपमा विकास गरेको छ । यस माध्यमबाट श्रमिकले आफूले सेवा लिएको मेनपावर कम्पनीको मूल्याङ्कन (समिक्षा) गर्ने तथा सुचना, जानकारी प्राप्त गर्ने गर्दछन् ।

आईएलओ फेयर २ परियोजना अन्तर्गत युनाईटेड नेसन्स युनिभर्सिटी (युएनयु, मकाउ) की अनुसन्धानकर्ता हनाथ थिनयानेले गरेको अध्ययनले कुनै एउटा प्रविधि मार्फत गरिएको प्रयासले मात्र वैदेशिक रोजगारमा जाने श्रमिक तथा उनीहरुले भोग्नै आएको समस्या हल गर्नका लागि पर्याप्त नहुने देखिएको छ ।

रिक्रुटमेण्ट एडभाइजर श्रमिकलाई सवल बनाउने तथा उनीहरुको अधिकार रक्षा गर्ने उद्देश्यमा केन्द्रीत रहेको, यसले वैदेशिक रोजगारका लागि जाने योजनामा रहेकाहरु, रोजगारको क्रममा विदेशमा रहँदा तथा स्वदेश फर्केकाहरुका लागि विश्वसनिय सुचना प्रदान गर्ने कार्य गरेको आइएलओकी फेयर परियोजना व्यवस्थापक गायला रुडि फ्रेजरले बताउनुभयो । उहाँले वैदेशिक रोजगारको मुख्य विषय आवागमनको स्वतन्त्रता रहेको र आइटीयूसीले रिक्रुटमेण्ट एडभाइजर मार्फत यो विषयमा कार्य गरिरहेको बताउनुभयो ।

आइटीयूसीका ह्यूमन एण्ड ट्रेड यूनियन राइट्स विभागका निर्देशक युरुन बेनर्टले रिक्रुटमेण्ट एडभाइजर मार्फत श्रमिक, ट्रेड यूनियनहरु तथा अन्य सरोकारवार निकायहरु (जस्तै रोजगारदाता, मेनपावर व्यवसायी) बीच आपसी विश्वासको वातावरण निर्माणमा काम गरिरहेको विचार राख्नुभयो । उहाँले सवै सरोकारवाला निकायहरुले न्यायोचित भर्नाका लागि साझा रुपमा काम गर्न तथा श्रमिकको रोजगारीको अनुभवलाई राम्रो बनाउन यस माध्यमले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

छलफलमा वल्र्ड ईम्प्लोयमेण्ट कन्फेडेरेसन (डव्लुईसी) का जोचिम डी वोयर, कोटु केन्या, पिएसलिंक, फिलिपिन्स, फेडाउ, हङकङका प्रतिनिधिहरुले पनि आफ्नो विचार राखेका थिए ।

कार्यक्रमको भिडियो हेर्नुहोस्

MRA Webinar