,....................... का लागि यो लेख हेर्नुहोस्

घरेलु कामदारका रुपमा काम गर्ने अधिकाँश आप्रवासी कामदार महिला हुने गरेका छन् मध्यपूर्वका राष्ट्रहरुमा रोजगारीका लागि जानेहरुलाई दिइने पूर्व प्रस्थान प्रकृयाहरु अन्य मुलुक जानेहरुका लागि भन्दा छिटो यद्यपी धेरै कामदारहरुसँग आफू जान लागेको मुलुकको सामाजिक तथा साँस्कृतिक सन्दर्भको जानकारी न्यून हुने, काम गरेको न्यून अनुभव तथा चर्को अधिक समय काम गर्नुपर्ने विषयले उनीहरुलाई आश्चर्यचकित बनाउँदछ मध्यपूर्वका देशहरुमा रोजगारीका लागि जानेहरुका लागि भर्ना प्रकृयामा सहजिकरण गर्ने कम्पनीहरु मुख्यगरी राजधानी जाकार्तामा छन् त्यसैले कामदारहरुले ति कम्पनीहरुसँग दलाल मार्फत सम्पर्क गर्छन् उनीहरुले पूर्व प्रस्थानमा लिनु पर्ने तालिम लिंदैनन् अपर्याप्त तयारी, जानकारी कागजी प्रकृयाका आधारमा बैदेशिक रोजगारको यात्रा तय गर्दछन्

नीजि बैदेशिक रोजगार व्यवसायी कम्पनीहरुले आप्रवासी कामदारलाई गलत सुचना दिएर वा अपर्याप्त कागजातका आधारमा पठाउँदा आफूलाई बढी फाइदा हुने ठान्न सक्दछन् जसका कारण गन्तव्य मुलुकमा पुगेपछि तथा स्वदेश फर्किन आप्रवासी कामदारलाई समस्या हुने गरेको आफ्नै सुरक्षाका लागि उचित प्रकृया पुरा गरेर बलियो कागजात बनाएर जानु पर्दछ भन्ने सचेतनाको अभावका कारण आप्रवासी कामदारलाई जव गन्तव्यमुलुकमा रहेको आफ्नो दूतावासमा सम्पर्क गर्नुपर्ने हुन्छ, सो समयमा आफ्नो पहिचान सावित गर्न कठिनाई हुने गर्दछ यस्तो अवस्थामा आफू स्वदेश फर्काइने त्रासले आप्रवासी कामदारले कुनै सहयोग खोज्न नसक्ने अझ जोखिममा तथा शोषणमा पर्ने सम्भावनालाई बढाउँछ यसैगरी आप्रवासी कामदारलाई स्वदेश फिर्तिको समयमा ईण्डोनेशिया प्रवेशमा पनि समस्या पर्दछ

घरेलु कामदारका रुपमा काम गर्न विदेशिनेहरुको संख्यालाई न्यूनिकरण गर्न तथा दुव्वर्यवहारपूर्ण व्यवहारका कारण मध्यपूर्व तथा उत्तरी अफ्रिकाका गरी २१ वटा मुलुकमा समाधानको उपाय खोज्ने उद्धेश्यले त्यस्तो रोजगारीमा जान बन्देज लगाइयो  यद्यपी आप्रवासी श्रमिकको अधिकारका लागि कार्यरत समुहहरुले यस्तो बन्देजले समाधान नदिने भन्दै त्यसको आलोचना गरे ईण्डोनेशियाली सरकारले मध्यपूर्वका देशहरुमा रहेको कफाला प्रणाली तथा आफ्ना रोजगारदाताप्रति कामदार बढी निभृर हुनुपर्ने प्रावधान समस्याको जड भएको निश्कर्ष निकाल्यो तर प्रश्न यो हो की कामदारलाई आवश्यक सुरक्षा उचित सल्लाहको साटो बन्देज समस्याको समाधान हो भन्ने प्रश्न