,....................... का लागि यो लेख हेर्नुहोस्

तल दिइएको तालिकाले आप्रवासी कामदारका सम्वन्धमा बनेका सान्दर्भीक राष्ट्रिय कानूनका बारेमा जानकारी दिन्छ यसका साथै आप्रवासी कामदारको भर्नालाई नियमन गर्ने उनीहरुको सुरक्षा(पूर्व प्रस्थान, तालिम, बीमा योजना) लगायतका बारेमा जानकारी दिन्छ    

विदेशमा ईण्डोनेसियाली रोजगारका सम्वन्धमा सरकारले बनाएको निर्देशिका कार्यान्वयनका लागि केन्द्रीत प्रकृया सरकारी निर्देशिका नं ४, २०१३  ; बैदेशिक रोजगारमा जाने ईण्डोनेशियाली श्रमिकहरुको अधिकारको रक्षाका बारेमा नियमहरु बनाइएको छ, सरकारको जिम्मेवारी, ईण्डोनेशियाली कामदारको अधिकार र दायित्व, ईण्डोनेशियाली दूतावासहरुले व्यवसायीक साझेदारहरुको मूल्याङ्कन गर्ने, श्रमिकलाई कममा लगाउने र उनीहरुको सुरक्षा गर्ने निकायको स्थापना गर्ने, अपराध नियन्त्रण सम्वन्धी व्यवस्था     

ईण्डोनेशियाली कामदारको विदेशमा भर्ना तथा उनीहरुको सुरक्षा (आरआइ मेनपावर एण्ड ट्रान्समाइग्रेसन मिनिष्टर रेगुलेसन नं पिइआर १४/एमइन/ एक्स/२०१०) २०१३; भर्ना, रोजगार सम्झौता, बैदेशिक रोजगारीमा जाने अन्तिम तयारी, गन्तव्य मुलुकका बैदेशिक रोजगार सम्वन्धि कम्पनीहरुको पहिचान कार्ड, बैदेशिक रोजगारमा जानेहरुको लागतका शिर्षकहरु, उम्मेदवारको रोजगारीमा भर्ना तथा अनुगमन सम्वन्धि विषय समेटिएको छ ।

ईण्डोनेशियाली श्रमशक्ति बीमा(रेगुलेशन नं पिइआर २३/एमइन/१२ २००८); सामान्य प्रावधान, ईण्डोनेशियाली बीमा कार्यक्रमका प्रकार, रिपोर्टिङ र मूल्याङकन ।

बैदेशिक रोजगारमा जाने ईण्डोनेशियाली जनशक्तिका लागि बसोवासको मानक निर्देशिका नं पिइआर ०७ /एमईएन/४/ २००५ ; ईजाजतपत्र लिनका लागि बैदेशिक रोजगार व्यवसायी कम्पनीहरुले बैदेशिक रोजगारमा जान चाहने कामदारलाई राख्ने व्यवस्था सहितको प्रशासनिक तथा प्राविधिक आवश्यकता पूरा गर्नु पर्दछ(दफा २ ३) । यसले पुरुष र महिलालाई प्रदान गर्नुपर्ने अलग अलग सुविधाको व्यवस्था गर्दछ, सुत्ने ओछ्यानको आकार, सुत्ने कोठामा राखिएको हुनुपर्ने बस्तुहरु, पर्खाल तथा भुईंका बारेमा जानकारी, स्वास्थ्य तथा स्वच्छताको उपायहरु, शौचालय, आगन्तुक कक्ष, प्रार्थना कोठा, स्वच्छ पानी, आगो लागेमा बचाउका लागि गर्नुपर्ने प्रवन्ध र सरसफाईका अन्य व्यवस्थाहरु(दफा ४) 

ईण्डोनेशियाली कामदारलाई बैदेशिक रोजगारमा भर्ती गर्ने तथा उनीहरुको संरक्षण सम्वन्धि कानून (कानून नं ३९/२००४ (स्टाटस बुक अफ रिपव्लिक अफ ईण्डोनेसिया, २००४ नं १३) २००४ ; विदेशमा रोजगारी गर्ने ईण्डोनेशियाली कामदारहरुको सुरक्षाका नियमहरु बनाइएको छ । बैदेशिक रोजगारमा कामदार पठाउने प्रकृयाहरु त्य गरिएको छ, रोजगार करार सम्झौताको हस्ताक्षर, शिक्षा र तालिम, शुल्क आदि समेटिएको छ । कामदारको सुरक्षा, गुनासो व्यवस्थापन सम्वन्धि नियमहरु’