समिक्षा लेख्न

रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) मा ति श्रमिकले मात्र कुनै मेनपावर कम्पनीको समिक्षा लेख्न पाउँछन् जसले विगतमा सो मेनपावर कम्पनीबाट सेवा लिएका छन् जुन कुरा उनीहरु अन्य श्रमिकसँग बाँड्न चाहन्छन् यसरी समिक्षा लेख्नयोग्य व्यक्तिहरुः

. ति श्रमिक जो हाल पनि स्वदेशमा नै छन् तर उनीहरुले कुनै मेनपावर कम्पनीको सेवा लिइसकेका छन्

. ति श्रमिक जो बैदेशिक रोजगारका क्रममा गन्तव्य मुलुकमा छन्

. ति श्रमिक जो बैदेशिक रोजगारबाट स्वदेश फर्किसकेका छन्  

हामी तपाईको वैदेशिक रोजगारको भर्ती अनुभव अरुसम्म पु¥याउन ईच्छुक छौं हामी तपाईले हाम्रो वेभसाईट अन्य श्रमिकलाई गर्नुभएको सहयोगको उच्च कदर गर्दछौं यसका साथै हामी सुनिश्चित गर्न चाहन्छौं की रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) सवै श्रमिकका लागि विश्वासयोग्य सुचनाको श्रोत हो हामीलाई यो प्राप्त गर्न कृपया तपाईको समिक्षा यसअनुसार दिनुहोला:

) सान्दर्भीक

तपाईको समिक्षा सान्दर्भीक हुन आवश्यक सहयोगि हुन जरुरी जो अन्य श्रमिकले पढेर कुनै मेनपावर कम्पनीका बारेमा जानकारी प्राप्त गरुन् यसका लागि कृपया असान्दर्भीक जानकारीहरु समावेश नगर्नुहोला उदाहरणका लागि राजनीतिक तथा सामाजिक विषयमा तपाईका व्यक्तिगत विचारहरु अप्रासँगिक हुनेछन् यदि रिक्रुटमेण्ट एडभाइजर, यसको समिक्षा परिक्षण लगायतमा तपाईको कुनै प्रश्न वा टिप्पणी भएमा हामीलाई info@recruitmentadvisor.org  मा ईमेल गर्न सक्नुहुन्छ

) निश्पक्ष

रिक्रुटमेण्ट एडभाइजरले कुनै पनि व्यक्ति वा संस्था जसले कुनै मेनपावर कम्पनी सञ्चालन वा व्यवस्थापन गर्दछ उनीहरुलाई आफ्नो कम्पनी वा प्रतिस्पर्धी अन्य कुनै कम्पनिको समिक्षा लेख्न अनुमति दिंदैन यसैगरी समुहमा पठाइएको समिक्षाहरु पनि प्रकाशित हुनेछैन यदि कुनै समिक्षामा तपाईलाई शंका लागेमा वा त्यसले रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) को निर्देशिका पालना नगरेको शंका लागेमा हामीलाई info@recruitmentadvisor.org  मा ईमेल गर्नुहोला

) प्राथमिक

श्रमिकहरु तपाईको वैदेशिक रोजगारको क्रममा भोगेको अनुभव सुन्न चाहन्छन् यसको अर्थ तपाईले सुनेको, हल्ला, वा अरु कसैले भनेको कुरा होइन त्यसैले तपाईको समिक्षामा अरुले भनेका कुरा नराख्नुहोला कृपया तपाईले वैदेशिक रोजगारमा भर्ती हुने क्रममा भोगेको, अनुभव गरेको कुरा मात्र हामीसँग बाँड्नुहोस् तपाईको अनुभव भनें विस्तृतमा बाँड्नुहोस् ताकी तपाईको अनुभवले अन्य श्रमिकले लाभ प्राप्त गरुन्

) गैह्र व्यापारिक

साथिले साथिलाई जानकारी दिने शैली अपनाएको रिक्रुटमेण्ट एडभाइजरले कसैको व्यवसाय वा सेवाको प्रचार गर्ने उद्धेश्य राख्दैन कृपया कसैको प्रचार गर्ने व्यवसायीक सामग्री, रोजगारीको अनुरोध जस्ता कुरा समावेश नगर्नुहोस् हामी त्यस्ता कुनै पनि सामग्री प्रकाशन नगर्ने अधिकार राख्दछौं यसैगरी अन्य कुनै वेभसाइटको लिंक राखिएका समिक्षाहरु पनि हामी प्रकाशन गर्नेछैनौं

) गोपनियताको सम्मान

हामी तपाई तथा हाम्रो सुचिमा समावेश रहेका मेनपावर कम्पनीको गोपनियताको सम्मान गर्दछौं हामी चाहन्छौं की तपाईको भर्ती प्रकृयाको सम्पूर्ण कुरा हामीलाई भन्नुहोस् तर व्यक्तिगत जानकारी सुचनाहरु आफैंसँग राख्नुहोस् कृपया फोन नम्वर, घरको ठेगाना तथा ईमेल ठेगाना उल्लेख नगर्नुहोस् हामी तपाईको नाम प्रकाशित गर्नेछौं तर थर उल्लेख हुनेछैन यसैगरी कुनै एजेन्सीको तर्फबाट दिइएको जवाफमा सो एजेन्सी सञ्चालकको थर उल्लेख हुनेछ कुनै समिक्षा जसमा वित्तिय कुरा उल्लेख हुनेछ, त्यसलाई हटाइनेछ

) रिक्रुटमेण्ट एडभाइजरद्धारा सुचिकृत

हरेक समिक्षाहरु ति मेनपावर कम्पनीहरुसँग सिधै जोडिएका हुन्छन् जो रिक्रुटमेण्ट एडभाइजरको सूचीमा हुन्छ त्यसैले आफूले सेवा लिएको वा आफ्नो मेनपावर कम्पनी सूचीमा समावेश वा छैन हेर्नुहोस्

यदि तपाईको मेनपावर कम्पनी सूचीमा नभएमा हामीलाई जानकारी गराउनुहोस् कृपया हामीलाई सम्पर्क गर्न यहाँ क्लीक गर्नुहोस् ताकी हामीले अनुसन्धान गरेर सुचिलाई अद्यावधिक गर्न सक्दछौं कृपया सकेसम्म धेरै सुचना, जानकारी दिनुहोस् जस्तै व्यवसायीक नाम, रजिष्ट्रेशन नम्वर, सम्पर्क तथा काम गर्ने स्थान  आफ्नो मुलुकमा भन्दा बाहिर कामदार पठाउने कम्पनीहरुको नामावली मात्र सूचीमा समावेश गरिन्छ

) पढ्न सरल

कृपया समिक्षा लेख्दा सही अक्षरको प्रयोग गर्नुहोस् कुनै मेसिनद्धारा अनुवाद गरिएको शव्द, वाक्य प्रयोग नगर्नुहोस् ताकी त्यसलाई सहज हिसावमा पढन् सकियोस् कुनै एचटीएमएल ट्याग, कुनै क्षेत्र विशेषको बोलिचालीको भाषा प्रयोग नगर्नुहोस्

) गैर आपत्तिजनक

तपाईको समिक्षामा कानुनविपरितको, अपमानजनक, अश्लील, उत्पीडक, धम्कीपूर्ण, व्यक्तिगत रूपमा अपमानित गर्ने सामग्री समावेश नगर्नुहोस्  

Recruitment Advisor (रिक्रुटमेण्ट एडभाइजर) ले कुनै पनि समिक्षा वा कुनै मेनपावर कम्पनीको प्रतिकृया जुनसुकै समयमा पनि जुनसुकै कारणले पनि हटाउने अधिकार सुरक्षित राख्दछ रिक्रुटमेण्ट एडभाइजरमा पोष्ट गरिएका समिक्षाहरु व्यक्तिगत हुन्

हामी यस वेभसाईटमा सुचिकृत वा सुचिकृत नभएका कुनै पनि मेनपावर कम्पनीसँग सम्वन्धित छैनौं हाम्रो गोपनीयतासम्वन्धि नीति अनुरुप हामी कसैको पनि व्यक्तिगत सम्पर्क सार्वजनिक गर्दैनौं  

समिक्षा परिक्षण तथा गलत कार्य पत्ता लगाउने  

= के रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) ले समिक्षाहरुलाई परिक्षण गर्दछ ?  

- हो, रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) ले समिक्षा निर्देशिका अनुसार भए नभएको यकिन गर्न समिक्षाहरुको परिक्षण गर्दछ  

. रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) ले कसरी समिक्षाहरुको गुणस्तर सुनिश्चित गर्दछ ?  

- हामीसँग समिक्षाहरुको परिक्षण गर्ने समुह जसले प्रश्नसुचक समिक्षाको परिक्षण गर्दछ रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) का प्रयोगकर्ताहरुले समेत शंकास्पद समिक्षाहरुको परिक्षण गर्न मोडरेटरहरुलाई सचेत गराउन सक्छन्  

. के रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) ले सकारात्मक वा नकारात्मक समिक्षाहरु प्रकाशित गर्दछ ? 

- हाम्रो निर्देशिका अनुसार लेखिएका सकारात्मक वा नकारात्मक दुवै प्रकारका समिक्षालाई रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) ले प्रकाशित गर्दछ हामी समिक्षालाई तोडमोड गर्ने काम गर्दैनौं

. रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) मा मेनपावर कम्पनीहरुको स्तर निर्धारण कसरी हुन्छ ? 

- श्रमिकले दिएको जवाफका आधारमा स्वचालित रुपमा सो मेनपावर कम्पनीको स्तरनिर्धाण हुने गर्दछ त्यसका लागि अपनाइएको पद्धतीका बारेमा तपाइले यहाँ क्लीक गरेर जान्न सक्नुहुन्छ समिक्षाका लागि सोधिने प्रश्नहरु अन्तरष्ट्रिय श्रम संगठन (आइएलओ) को फेयर रिक्रुटमेण्ट सम्वन्धि अन्तराष्ट्रिय मापदण्ड अधिकारमा आधारित छन्

. रिक्रुटमेण्ट एडभाइजरमा कुन कृयाकलाप गलत ठहरिन्छन् ?  

) कुनै मेनपावर कम्पनीका सञ्चालकले आफ्नो कम्पनीको प्रतिष्ठा बढाउन गर्ने यस्ता प्रयासहरुः

आफ्नै मेनपावर कम्पनीका लागि समिक्षाहरु लेखेर पठाउनु

  • साथि वा आफन्तलाई आफ्नो कम्पनीका बारेमा सकारात्मक समिक्षाहरु लेखेर पठाउन लगाउनु/श्रमिकको नाममा समिक्षा पठाउनु,
  • रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) का प्रयोगकर्तालाई कुनै नकारात्मक समिक्षा भएमा हटाउन दवाव दिनु,
  • समिक्षाहरुको बदलामा कुनै सहुलियत वा विशिष्ट सत्कारको प्रस्ताव गर्नु,
  • गलत समिक्षा भर्न अन्य कसैलाई लगाउनु वा नियुक्त गर्नु

) कुनै मेनपावर कम्पनीको सञ्चालकद्धारा प्रतिस्पर्धीको प्रतिष्ठा गिराउने अभिप्रायले नकारात्मक समिक्षा प्रेशित गर्नु

. कुनै एजेन्सी (मेनपावर कम्पनी) ले गलत समिक्षा प्रेशित गरेको थाहा पाएमा रिक्रुटमेण्ट एडभाइजर (भर्ती सल्लाहकार) ले के गर्दछ ?

- यदि हामीले कुनै मेनपावर कम्पनीको बारेमा गलत समिक्षा प्रेशित गरिएको हो भन्ने निर्धारित गर्यौं भनें एजेन्सीको जानकारी सम्वन्धि पृष्ठमा सो समिक्षा संदेहास्पद भन्ने जानकारी देखिनेछ यसरी हामी श्रमिकले बढी भन्दा बढी सहि जानकारी लिन सकुन् भनेर प्रयत्न गर्दछौं

. वेभसाइटका प्रयोगकर्ताहरुले कसरी सम्भावित गलत कार्यका बारेमा रिक्रुटमेण्ट एडभाइजरलाई सचेत बनाउन सक्छन् ? 

- कुनै पनि एकपक्षिय सामग्रीका बारेमा जानकारी गराउन कृपया हामीलाई info@recruitmentadvisor.org मा ईमेल गर्नुहोला हामी तपाईको सुचनाको विश्लेषण गर्नेछौं तथा कुनै कारवाही आवश्यक भएमा त्यो गर्नेछौं कृपया हामीलाई मिति, समिक्षाको शिर्षक तथा अन्य सुचनाहरु जसले हामीलाई मद्धत गर्नेछन् पठाउनुहोला हामी हाम्रो वेभसाइटका प्रयोगकर्ताहरुको सहयोगको सराहना गर्दछौं