हरेक बर्ष लाखौं श्रमिक आफ्नो र परिवारको राम्रो भविष्यको आशामा घर छोड्ने गर्दछन् । दुर्भाग्यवस त्यसमध्ये धेरै रोजगार सम्वन्धि काम गर्ने स्थानीय संस्थाहरुको गलत प्रलोभनको शिकार बन्दछन् । उनीहरु गलत रोजगारीको प्रलोभन, तलव नदिइने समस्यामा पर्ने तथा असुरक्षित कार्यथलोमा काम गर्न बाध्य हुन्छन । नतिजा, हजारौं श्रमिक शोषण गर्ने रोजगार उपलव्ध गराउने संस्थाहरु तथा रोजगारदाताहरुको चेपुवामा पर्दछन् र कतिपय बाध्यकारी श्रम, बँधुवा मजदुर तथा आधुनिक दासता भोग्न बाध्य हुन्छन् ।

यो शोषणलाई रोक्न सकिन्छ र यसका लागि सुचनामा आप्रवासी श्रमिकको पहुँच पुर्याउन जरुरी छ । विभिन्न देशका ट्रेड यूनियनहरुसँग मिलेर हाम्रो समुहले Recruitment Advisor (रिक्रुटमेण्ट एडभाइजर) नामको साझा मञ्च तयार पारेको छ जसको उद्धेश्य आप्रवासी श्रमिकको क्षमता बृद्धि गर्नु र उनीहरुलाई सुरक्षित बनाउनका साथै उनीहरुको ट्रेड यूनियन अधिकारको अभिवृद्धि गर्नु हो । सो कार्यका लागि यस मञ्चमा आप्रवासन प्रकृयामा संलग्न श्रमिकहरुले आफ्नो अनुभव बाँड्न तथा त्यस्ता रोजगार सम्वन्धि काम गर्ने संस्थाहरु (मेनपावर कम्पनी) हरु जसले आईएलओको न्यायोचित भर्ना सम्बन्धि सामान्य सिद्दान्त तथा कार्यविधि पालना गर्दछन् तिनिहरुलाई प्रोत्साहित गर्दछ ।

रिक्रुटमेण्ट एडभाइजर विश्वव्यापी रुपमा साथिले साथिलाई रोजगार भर्ती प्रकृया तथा रोजगारीका बारेमा आफ्नो भोगाई, अनुभव साट्ने तथा समिक्षा गर्ने मञ्च हो जहाँ आप्रवासी श्रमिकको सहज पहुँच हुन्छ। वैदेशिक रोजगारीको खोजिमा रहेकाहरुले आफ्नो मुलुकको मेनपावर कम्पनीले दिने सेवाको स्तरका बारेमा यस मञ्चबाट सहज रुपमा जानकारी लिन सक्दछन । १० हजार भन्दा धेरै मेनपावर कम्पनीहरुको सूचि रिक्रुटमेण्ट एडभाइजरमा समाविष्ट छ जसको सेवाको स्तरियताका बारेमा आवश्यक परेको समयमा कुनै पनि व्यक्तिले श्रमिककै समिक्षा मार्फत जानकारी हासिल गर्न सक्दछन् । भर्तीका क्रममा हुने गलत अभ्यासलाई यसले रोक्ने छ, सप्लाई चेनमा हुने दासताको अन्त्य गर्नेछौं र हामीले आधुनिक दासताको अन्त्य गर्नेछौं ।

हाम्रो भिडियो यहाँ हेर्नुहोस्।