Recruitment Advisor (रिक्रुटमेण्ट एडभाइजर) मा हामी तपाईले उपलव्ध गराउनु भएको व्यक्तिगत जानकारीको गोपनियता तथा सुरक्षालाई महत्व दिन्छौं तपाईको जानकारी पठाउनु अगाडी कृपया यो नीति ध्यानपूर्वक अध्ययन गर्नुहोस् www.recruitmentadvisor.org को भिजिट गर्नुको अर्थ तपाईले हाम्रो यो नीतिलाई स्वीकार गर्नुभएको मानिनेछः  

  • तपाईबाट संकलन गरिएको सुचना, जानकारीको प्रकार
  • तपाईले उपलव्ध गराउनुभएको जानकारी हामी कसरी प्रयोग गर्दछौं भन्ने जानकारी
  • हामी तपाईको सुचनाको कसरी सुरक्षा गर्दछौं
  • तेश्रो पक्षलाई तपाईले दिनुभएको जानकारी आदानप्रदान गर्ने विषयमा
  • तपाईले कसरी हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ

तपाईबाट संकलन गरिएको सुचना, जानकारीको प्रकार

हामी तपाईले उपलव्ध गराउनु भएको सुचना, जानकारी हाम्रो वेभसाईटमा संग्रह गर्दछौं कुनै समिक्षा गर्नको लागि तपाईले Recruitment Advisor (रिक्रुटमेण्ट एडभाइजर) मा तपाईले प्रयोगकर्ताको नाम, ईमेल ठेगाना, लिङ्ग, उमेर, उत्पत्तिको मुलुक, गन्तव्य मुलुक (जहाँ तपाईले काम गर्नुभयो) तथा कार्यक्षेत्र (जहाँ तपाईले काम गर्नु भयो) भन्ने सुचना, जानकारी सहित एउटा एकाउण्ट बनाउनु पर्दछ

-अन्य श्रोतबाट जानकारी-

यदि तपाईले फेसबुक मार्फत Recruitment Advisor (रिक्रुटमेण्ट एडभाइजर) मा लगईन गर्नुभएको भनें फेसबुकले हामीलाई तपाईले फेसबुकमा छान्नुभएको गोपनियता सेटिङ अनुसार सुचना, जानकारीहरु उपलव्ध गराउँदछ सो सुचना, जानकारीमा तपाईको नाम, ईमेल ठेगाना, फोन नम्वर, प्रोफाइल तस्वीर, लिङ्ग तथा अन्य जानकारीहरु जुन तपाईले सार्वजनिक रुपमा उपलव्ध हुनेगरी छनौट गर्नुभएको संलग्न हुन सक्नेछ  

-स्वचालित सुचना-

तपाईले Recruitment Advisor (रिक्रुटमेण्ट एडभाइजर) खोल्नुभएपछि तपाईको कम्प्युटर वा उपकरणबाट स्वतः केहि जानकारीहरु संकलन हुनेछ उदाहरणका लागि तपाईको आइपी ठेगाना सहित सेसन डाटा, वेभ ब्राउजर सफ्टवेयर तथा रिफरिङ वेभसाइट यसैगरी हामीले तपाईको अनलाइन गतिविधि जस्तै कुन सामग्री हेर्नुभयो कुन पृष्ठ हेर्नुभयो आदि यसरी स्वचालित रुपमा तथ्याँकहरु संकलन गर्नुको उद्धेश्य हाम्रो वेभसाईटको प्रयोगकर्ताहरुको रुचि प्राथमिकताहरुका बारेमा जानकारी हासिल गर्नु भविष्यमा सो अनुरुप सेवालाई अनुकुलन गर्नु हो        

हामी कसरी तपाईले उपलज्ध गराएको सुचना, जानकारी प्रयोग गर्दछौं

Recruitment Advisor (रिक्रुटमेण्ट एडभाइजर) ले तपाईले उपलव्ध गराएको सुचना, जानकारी तपाईको एकाउन्ट दर्ता गर्न सञ्चालन गर्न तथा हाम्रो वेभसाइट चलाउन तपाईलाई अनुमति दिन प्रयोग गर्दछ वेभसाइट चलाउन भन्नाले तपाईको सुचना, जानकारी हामीलाई उपलव्ध गराउन, कुनै सुचना, जानकारी वा समिक्षा पठाउनु भएमा त्यसको परिक्षण गर्न तथा प्रकाशित गर्न हामीलाई सुचित गर्न, कुनै प्रश्नको जवाफ दिन वा कुनै गुनासो भएमा त्यसको व्यवस्थापन गर्न , कुनै निषेध गरिएको तथा गैरकानुनी गतिविधिबाट रोक्न हाम्रो सेवा शर्तहरु लागु गराउन हो     

यदि तपाईले कुनै एजेन्सी (मेनपावर कम्पनी) को मालिक वा व्यवस्थापकका रुपमा खाता खोल्नु भएको भए हामी तपाईको आधिकारिक ईमेल ठेगानाको अलावा तपाईले उपलव्ध गराउनु भएको ईमेल ठेगानामा हामी ईमेल मार्फत सन्देश पठाउने छौं

हामी कसरी तपाईले उपलव्ध गराएको सुचना, जानकारीको संरक्षण गर्दछौ ?

हामी तपाईले हामीलाई उपलव्ध गराउनु भएको व्यक्तिगत सुचना, जानकारीको सुरक्षाका लागि प्रतिवद्ध छौं जसका लागि हामीले उपयुक्त व्यवस्थापकिय तथा प्राविधिक बन्दोवस्त मिलाएका छौं उदाहरणका लागि तपाईले उपलव्ध गराएको व्यक्तिगत जानकारी त्यसको व्यवस्थापनको लागि केहि सिमित आधिकारिक व्यक्तिहरु जसले यस वेभसाइटका लागि काम गर्दछन् उनीहरुले मात्र हेर्न सक्दछन् थप जानकारीका लागि तपाईको समिक्षा तपाईको परिचय गोप्य राख्न केहि दिनपश्चात तपाईको व्यक्तिगत एकाउन्टसँग विच्छेद हुनेछ (यद्यपी तपाईको यस वेभसाइटसँग सहमति भएको भए पनि) 

तपाईको सुचना तथा जानकारी तेश्रो पक्षसँग आदानप्रदान 

तपाईंले उपलव्ध गराएको सुचना, जानकारी Recruitment Advisor (रिक्रुटमेण्ट एडभाइजर) लाई सेवा प्रदान गर्ने संस्थाहरु (प्राविधिक सहयोग गर्ने संस्थाहरु सहित) सँग आदानप्रदान गर्न सकिनेछ यस्ता संस्थाहरुलाई तथ्याङ्कीय व्यवस्थापन वा कुनै कानुनी विषय आवश्यक परेमा उपलव्ध गराउन सकिनेछ तपाईले उपलव्ध गराएको सुचना, जानकारी कुनै पनि मेनपावर कम्पनीलाई वा अन्य प्रयोगकर्तालाई भनें उपलव्ध गराइने छैन

तपाईले कसरी हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ ? 

हामीसँग सम्पर्क गर्ने सजिलो तरिका भनेको यो ठेगानामा ईमेल गरेर हो: info@recruitmentadvisor.org